भदौ २६, काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडाका सौतेनी बुबा अनिल मेहताले आत्महत्या गरेका छन् ।
अनिलले बुधबार बिहान ९ बजे मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको छैटौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार हालसम्म कुनै सुसाइड नोट पनि फेला परेको छैन, जसका कारण आत्महत्याको कारण स्पष्ट हुन सकेको छैन ।
प्रहरी र फरेन्सिक टोलीले हरेक कोणलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि बाबा अस्पताल लगिएको छ । अनिल अरोरा मर्चेन्ट नेवीका पूर्वकर्मचारी हुन् ।
घटना हुँदा मलाइका पुणेमा थिइन् । लगत्तै उनी मुम्बई पुगेकी छन् । मलाइकाका पूर्व पति अभिनेता अरबाज खान पनि घटनास्थलमा पुगेका छन् ।