2026-07-26 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आयल निगमले पेट्रोलमा इथानोल मिसाउने, किन?

भदौ २७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउने प्रक्रिया अघि बढाएको छ। ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली–२०८१’ अनुसार यो प्रक्रिया लागू गरिने छ। निगमले हाल मस्यौदा तयार गरी सरोकारवालासँग छलफल गरिरहेको छ।

निगमका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टका अनुसार, यो कदम वातावरणीय असरलाई न्यूनीकरण गर्न र वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले अघि बढाइएको हो। उनले भने, “यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं।”

भारत र ब्राजिल जस्ता तेल उत्पादन गर्ने देशहरू पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्। इथानोल भने अन्न वा वनस्पतीलाई ‘फर्मेन्सन’ गरेर बनाइने तरल पदार्थ हो। हाल नेपालमा चिनी उद्योगीहरूले मोलासिस (खुदो) प्रशोधन गरेर इथानोल उत्पादन गरिरहेका छन्, जुन बंगलादेश निर्यात हुँदै आएको छ।

निगमले चिनी उद्योगीहरूसँग छलफल गरी दैनिक ५० हजार लिटर इथानोल किन्ने प्रतिबद्धता गरेको छ। उद्योगीहरूले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गरिरहेका छन्, तर निगमलाई ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ। इथानोलको पानीको मात्रा ०.५ प्रतिशत मात्र हुनुपर्ने भएकोले थप प्रशोधन गरिनेछ।

भट्टले भने, “पेट्रोलमा पानी मिसाउन हुँदैन। त्यसैले ०.५ प्रतिशत मात्रै पानी भएको इथानोल चाहिन्छ। उद्योगीहरूले हाम्रो माग बमोजिम उत्पादन गर्ने बताएका छन्।” इथानोललाई थप गुणस्तरीय बनाउन निगम आफैले प्रशोधन गर्नेछ, जसपछि पेट्रोलमा मिसाइने छ।

पेट्रोलमा कति प्रतिशत इथानोल मिसाइएको छ भन्ने जानकारी उपभोक्तालाई दिइनेछ। “एक प्रतिशत मिसाइएको छ भने इ–१, दुई प्रतिशत मिसाइएको छ भने इ–२ लेखेर सूचना टाँसेका हुन्छौं,” भट्टले बताए।

निगमले अन्नबाट भन्दा पनि खेर जाने वनस्पतीबाट इथानोल उत्पादन गर्नेबारे छलफल गरिरहेको छ। चामल, मकै, गहुँबाट पनि इथानोल बनाउन सकिन्छ, तर खाद्य सुरक्षाको प्रश्न उठ्ने भएकाले मोलासिस र कसावा (सिमल तरूल) बाट इथानोल उत्पादन गर्ने योजना रहेको छ।

हाल दैनिक २० लाख लिटर पेट्रोलको खपत भइरहेको छ। दस प्रतिशत इथानोल मिसाउँदा दुई लाख लिटर पेट्रोलको परिमाण घट्ने छ। शुरुवातमा इथानोलको परिमाण थोरै हुने भएकाले एक/दुई प्रतिशत इथानोल मिसाउने योजना बनाइएको छ। पछि इथानोलको मात्रा बढेसँगै प्रतिशत बढाइनेछ।

निगमका अनुसार, इथानोल प्रयोग गर्दा उपभोक्तालाई कुनै आर्थिक भार नपर्नेछ। इथानोलको मूल्य सरकारद्वारा निश्चित अवधिका लागि स्थिर गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ