Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर ०९ गते, राति १०:४७ बजे खेलकुद, मुख्य समाचार, विश्व

आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | भारतीय क्रिकेट टिमका सदस्य श्रेयस अय्यर इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् ।

आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि काेलकाता नाइट राइडर्समा रहेका अय्यरकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु रहेकाे थियाे ।

यसअघि मिचेल स्टार्कलाई गएकाे वर्ष काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

श्रेयस अघिल्लो सिजनमा कोलकाता नाइट राइडर्सको कप्तान थिए । उनकै कप्तानीमा कलकत्ताले गत संस्करणको आइपिएलको उपाधी जितेको थियो ।