२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मस्कलाई ठुलो झट्का, ब्राजिलको अदालत दियो ३० लाख डलर जरिवाना तिर्न आदेश

२९ भाद्र २०८१, शनिबार ०८:४९

भदौ २९,काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतबाट एलन मस्कलाई फेरि झट्का दिएको छ । यसअघि सोसल मिडिया प्लेटफर्म एक्सलाई देशभर प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । अब एक्स र स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्क कम्पनीलाई जरिवाना तिर्न आदेश दिइएको छ । अदालतले टेस्लाका सीईओ मस्कको कम्पनीबाट ३० लाख डलर जरिवाना तिर्न आदेश दिएको हो ।

न्यायाधीश अलेक्जान्डर डे मोरेसले गत महिना सोसल मिडिया प्लेटफर्मलाई एक्सको लागि कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका थिए । साथै दर्जनौं दक्षिणपन्थी खाता हटाउन पनि आदेश दिइएको थियो । 

अब अदालतले  मस्कको स्वामित्वमा रहेको कम्पनी एक्स र स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कको खातामा रहेको ३.२८ मिलियन डलर सरकारी कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

न्यायाधीश मोरेसले गलत सूचना विरुद्ध लड्न आफ्नो मिशन बनाएका छन् । त्यसयता दक्षिण अफ्रिकामा जन्मेका अर्बपतिसँग उनको धेरै भिडन्त भएको छ । न्यायाधीश मोरेसले अदालतको आदेशहरूको पालना नगरेकोमा एक्समा लगाइएको जरिवानाको भुक्तानी सुनिश्चित गर्न एक्स र स्टारलिंकको सम्पत्तिहरू पनि बरामद गर्न आदेश दिएका थिए ।

ब्राजिलमा लगभग २२ मिलियन मानिसहरूले एक्स प्रयोग गर्छन् । मोरेसले बन्द एपहरू पहुँच गर्न भर्चुअल प्राइभेट नेटवर्क जस्ता प्राविधिक संयन्त्रहरू प्रयोग गर्नेहरूलाई ९ हजार डलरसम्म जरिवाना गर्न सक्ने आदेश पनि दिएका छन् ।

उनको कार्यले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको सीमालाई लिएर देशभित्र र बाहिर बहस चर्काएको छ । वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रतिबन्धको प्रशंसा गरेका थिए, जबकि उनका अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोले मोरेसलाई तानाशाह भनेका छन् ।

मस्कविरुद्ध न्यायमा बाधा पुर्‍याएको, आपराधिक संगठन र अपराध गर्न उक्साएको आरोपमा अनुसन्धान चलिरहेको छ । यस वर्षको सुरुमा, न्यायाधीश अलेक्जेन्डर डे मोरेसले एक्सका केहि एकाउन्टहरू गलत सूचना र घृणा सन्देशहरू फैलाएको आरोपमा ब्लक गर्न आदेश दिएका थिए । यसमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूसँग सम्बन्धित केही खाताहरू पनि समावेश थिए ।

तर, मस्कको कम्पनी कम्पनीले आफ्ना कर्मचारीको सुरक्षाका लागि यो कदम चालेको जनाएको छ । सोसल मिडिया प्लेटफर्मले आरोप लगाएको छ, ब्राजिलका एक न्यायाधीशले प्लेटफर्मबाट केही सामग्री हटाउनका लागि कानुनी आदेशको पालना नगरे आफ्ना एक कानूनी प्रतिनिधिलाई जेल पठाउने धम्की दिएका थिए । यद्यपि, कम्पनीले एक्स सेवाहरू देशमा जारी रहने पनि स्पष्ट पारेको छ ।

कम्पनीले न्यायाधीश मोरेसले कानून वा उचित प्रक्रियाको पालना गर्नुको सट्टा ब्राजिलमा आफ्ना कर्मचारीहरूलाई डराउने छनौट गरे आरोप लगाउदै आफ्ना कर्मचारीहरूको सुरक्षाको लागि, उनीहरूले ब्राजिलमा आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै