2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बेंगलुरु हत्या प्रकरण : ‘शवलाई झुण्ड्याउने प्रयास असफल भएपछि टुक्रा-टुक्रा पारेर फ्रिजमा राखे’

असोज ११, काठमाडौँ । भारतको बेंगलुरुमा नेपाली महिला एच महालक्ष्मी दासको हत्या घटनामा नयाँ तथ्यहरु खुल्दै आएका छन् ।

प्रहरीले मुख्य अभियुक्त भनेको मुक्ति रञ्जन रायले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि नयाँ तथ्य खुल्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दासले आफूलाई अपहरणको मुद्दामा फसाउने धम्की दिएको कारण हत्या गरेको रायले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

आजतककाअनुसार प्रहरीले फेला पारेको मुक्ति रञ्जनको सुसाइड नोटमा उनले धेरैजसो अङ्ग्रेजी र कतिपय ठाउँमा उडिया भाषा प्रयोग गरेको उल्लेख छ ।

उनले सुसाइड नोटमा लेखेका थिए, ‘म उनलाई मन पराउँथें, माया गर्थे तर उनको व्यवहार पछिल्लो समय ठीक थिएन । उसले मलाई अपहरणको मुद्दामा फसाउने धम्की दिन्थिन् । मैले धेरै पैसा पनि खर्च गरें ।’

हत्या गरेपछि दास आमाको अगाडि गएर रुँदै अपराध गरेको बताएका थिए ।

हत्यालाई आत्महत्या देखाउने प्रयास असफल

रायले घटनापछि दासको शव झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरेको खुलेको छ । हिन्दुस्तानसँगको कुराकानीमा रायका भाइले यसबारे खुलाएका हुन् ।

उक्त पत्रिकासँग उनले भने, ‘म बेरहमपुरमा बसेर पढ्छु, घटनापछि मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन् । उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना बनाएका थिए ।’

उनले थपेका छन्, ‘जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा-टुक्रा पारे र फ्रिजमा राखे ।’

दासले हेमन्त दाससँग विवाह गरेकी थिइन् । असमझदारी बढेपछि उनी ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन् भने उनका पति भारतमै तर अर्कै शहरमा काम गरेर बस्थे ।

भाइ सत्यकाअनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन् । तर, बेंगलुरुको एउटै पसलमा काम गर्ने उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो ।

सत्यले भने, ‘दाइले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन् । उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन् । हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो । त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन् । अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो ।’

घटना सेप्टेम्बर ३ मा भएको सत्य बताउँछन् ।

सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए । त्यसपछि शवलाई छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन् । त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे ।’

सेप्टेम्बर २१ मा महालक्ष्मीको शव छरिएको अवस्थामा फ्रीजमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो