२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?

१६ आश्विन २०८१, बुधबार ०६:१०

असोज १६, काठमाडौँ | इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ । 

अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ ।  इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ । 

गएराती इरानले इजरायलमाथि आक्रमण शुरु गरेको छ ।  इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलले इजरायलमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 


तर इरानको यो आक्रमणमा इजरायलले खासै क्षति भने बेहोर्नु नपरेको बताइएको छ । अमेरिकी अधिकारीहरुले इजरायलले इरानको यस आक्रमणबाट ठुलो क्षति बेहोर्नु नपरेको बताएका छन् । इजरायलले धेरै जसो मिसाइललाई आकासमै नष्ट गरेको बताइएको छ । 

इजरायलले फलामले बनाइएका डोम एन्टी मिसाइल डिफेन्स सिस्टमले आफ्नो भूमिमा भएका रकेट प्रहारलाई आकाशमै नष्ट गरेर जनधनको क्षति रोकेको बताइएको छ ।

इजरायली सेनाका अनुसार यस प्रविधिले ९० प्रतिशत भन्दा बढी रकेट आकाशमै नष्ट गरिरहेको छ । बस्ती भएका शहरमा जमिनमा खस्नुअघि नै रकेट नष्ट भएकोले ठुलो क्षति हुनबाट रोकिएको छ । इजरायलमाथि हुने मिसाइल आक्रमणमा अहिलेसम्म यहि प्रविधिका कारण ठुलो क्षति हुनबाट बच्दै आएको छ । 

इजरायलले लाखौ डलर खर्च गरेर बनाएको आइरन डोम निकै ठुलो मिसाइल डिफेन्स सिस्टम रहेको बताइएको छ । यस सिस्टमले रकेट शहरी या मानिस बसेको इलाकामा आउदै छ भन्ने आफै पत्ता लगाएर नष्ट गर्ने गर्दछ । टाइम्स अफ इजरायलका अनुसार हरेक इन्टरसेप्टरको मुल्य करिब डेढ लाख डलर पर्ने उल्लेख गरेको छ ।

सन २००६ मा इस्लामी समुह हिजबुल्लाहसँगको लडाईपछि इजरायलले यो प्रविधिमा काम गर्न शुरु गर्न थालेको बताइएको छ । त्यति बेला हिजबुल्लाहले इजरायलमा हजारौं रकेट प्रहार गरेर दर्जनौं इजरायलीको मृत्यु भएको थियो । यस घटनापछि

इजरायलको सरकारी कम्पनि राफाल डिफेन्सले सुरक्षालाई ध्यान दिदै देशका लागि एक मिसाइल शिल्ड बनाउने प्रस्ताव गरेको थियो । यो योजनाका लागि इजरायललाई अमेरिकाले २० करोड डलर दिएको थियो ।

बर्षौंको अनुसन्धानपछि २०११ मा यो सिस्टमको परिक्षण गरिएको थियो । त्यति बेला दक्षिणी शहर वीरसेबाबाट हानिएको रकेट मिसाइललाई यस सिस्टमले नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य