कात्तिक २२, युएई । कुरा दश बर्ष पहिलेको हो । बद्रिमायाको परिवार श्रिमानको कमाइले जेनतेन चलिरहेकै थियो । अचानक परिवार पाल्ने श्रीमान् बिरामी हुनुभयो ।  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, युएई । कुरा दश बर्ष पहिलेको हो । बद्रिमायाको परिवार श्रिमानको कमाइले जेनतेन चलिरहेकै थियो । अचानक परिवार पाल्ने श्रीमान् बिरामी हुनुभयो ।  "/>

2026-09-03 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षअघि दुवई गएको छोरो लिएर नेपाल फर्किएकी बद्रिमायाका आँसु रोकिएनन्


कात्तिक २२, युएई । कुरा दश बर्ष पहिलेको हो । बद्रिमायाको परिवार श्रिमानको कमाइले जेनतेन चलिरहेकै थियो । अचानक परिवार पाल्ने श्रीमान् बिरामी हुनुभयो ।  घरको मुलीनै बिरामी भएपछि परिवारमा बज्रपात पर्‍यो । परिवार पाल्ने जिम्मेवारी घरको छोरो मनकुमार विश्वकर्माको काँधमा आइपर्‍यो ।

गाउँमा बसेर परिवार पाल्न मनकुमारलाई सजिलो थिएन । रोजगार नपाएपछि उहाँ कमाएर आमाबुवा पाल्ने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उमेर नपुग्दै उमेर बढाएर वैदेशिक रोजगारीका लागि युएई आउनुभयो ।

घरमा कसैको आयस्रोत नभएपछि उमेर बढाएर पासपोर्ट बनाउने र विदेशिने बाहेक अर्को उपाय मनकुमारले देख्नुभएन । त्यही बाध्यताले उहाँलाई १० वर्ष पहिले युएई ल्याएको हो । मोरङ घरभएका मनकुमार दुवईमा रहेको फ्युजन इन्टेरियर डिजाइन एलएलसी नामक कम्पनीमा दश वर्षदेखि काम गर्दै आउनुभएको थियो।

एक दिन मनकुमारका आमा बद्रीमायालाई फोन आयो ‘तपाईंको छोरो मनकुमार कम्पनीमा काम गर्नेक्रममा तीन मिटर माथिबाट खसेर लड्यो, हामी उपचार गराइहेका छौं ।’ यो खबरले बद्रीमायाका नौनारी गले । संसार पूरै भासिए जस्तो लाग्यो । पत्याउनै गाह्रो भयो बद्रीमायालाई । तर यथार्थ त्यही थियो । जुन फोनमा भनिएको थियो ।

मनकुमार दुवई मल क्षेत्रमा काम गर्ने क्रममा २८ अगष्ट २०१४ मा दुर्घटनामा पर्नुभयो । कम्पनीको कार्यस्थलमै झन्डै तीन मिटर माथिबाट उत्तानो खसेका मनकुमारको भुँइमा बझारिएर टाउकोमा गम्भीर चोट लाग्यो । 

अहिले उहाँ अरुको सहयोग बिना उठबस, हिँडडुल गर्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ । काठको मुडोझैं पल्टिरहनु हुन्छ । उहाँले बोलेको आवाज पनि प्रष्ट बुझ्नेगरी आउँदैन । तर अरुले बोलेको जेनतेन सुनेर संकेतमार्फत जवाफ भने दिनुहुन्छ ।

दुई महिना सम्म अस्पतालमा राखेर उपचार गर्दा निको नभएपछि कम्पनीले थप उपचार कोठामै राखेर गरायो । अस्पताले झण्डै एक बर्ष सम्म बिरामी कुर्नका लागि आफ्ना कर्मचारीलाई पालैसँग पठाएको दुवईमै कार्यरत मनकुमारका भाइ बाबु विश्वकर्माले बताउनुभयो । 

संघसस्था र अस्पतालको सहयोग, दूतावासले हेरेन

झण्डै एक वर्ष कोमामा रहेका मनकुमारलाई अस्पतालले डिष्चार्ज गरेपछि कोठामा राखेर उपचार गरिदै आएको थियो । मनकुमारको उपचारमा पथरी शनिश्चरे समाज युएईका दीपक अधिकारीले सुरुवात देखिनै सघाउँदै आउनुभएको छ । टाउकोको बाहिर खासै केही चोट नदेखिएकाले सुरुमा उपचारका लागि खासै वास्ता नगरिएको तर भित्री रुपमा चोट लागेकाले पछि उपचारमा थप जटिलता भएको हो ।

आमाबाबुको सुखका लागि युएई आउनुभएका मनकुमारको सपनाले एक सय ८० डिग्रीको उल्टो फन्को मार्‍यो । परिवार पाल्ने उहाँको सपना उल्टै परिवारले उहाँलाई पाल्नु पर्नेभयो । फोन आएको खबरले भक्कानिएकी मनकुमारकी आमा बद्रीमाया छोराको चिन्ताले सुक्दै जान थालेकी थिइन् । छोराको चिन्ताले सताएपछि आमा बद्रीमाया छोरी जानकीलाई लिएर दुवई आउनुभयो । 

मनकुमारकी दिदी जानकी र आमा बद्रीमाया झण्डै दुई वर्षदेखि दुवईमै बसेर मनकुमारकै रेखदेख गरिरहनु भएको थियो । झण्डै दुई वर्षअघि छोरालाई भेट्न आउँदा बद्रीमायालाई सम्हालिनै गार्हो भयो । तर छोराको अवस्थामा सुधार हुँदै गएपछि बद्रीमायालाई राहत मिल्दै गयो । 

मनकुमारको अवस्थामा अझ सुधार होस् भन्दै उहाँहरुले भगवान पुकार्नु बाहेक के नै उपाय थियो र ।

तीन-तीन महिनाको भिजिट भिसा थप्दै छोराको स्वास्थ्यमा सुधार आउने आशामा दिन कुरेर रेखदेख गर्दै आउनु भएकी बद्रिमाया थप सुधार हुने नदेखे पछि आवाज बिहिन छोरालाई लिएर आइतबार राति नेपाल फर्किनु भएको छ । छोरो लिएर नेपाल फर्किएपनि बद्रीमायाका आँखाबाट आँसु भने रोकिएका छैनन् ।

पूरै परिवार पाल्ने छोरो र श्रीमान दुबैजना ओच्छ्यानमा थलापरेपछि बद्रीमायाका आँखा ओभाउने कुरै भएन् । उहाँलाई अब कसरी छोरो र श्रीमान पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ । आँखाभरी आँसु पार्दै बद्रीमाया आफ्नो दुखेसो पोख्दै भन्नुहुन्छ, ‘यस्तो बज्रपात त शत्रुलाई पनि नपरोस् ।’

यसबिचमा पथरी शनिश्चरे समाजका अध्यक्ष कृष्ण पौडेल, नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, लगायतले आर्थिक सहयोग गर्नुका साथै कानुनी प्रकृयामा पनि सघाएको मनकुमारका भाइ, बाबु विश्वकर्माले बताउनुभयो । उहाँहरुले मनकुमारका आमाबाबु तथा दिदीलाई नेपालबाट ल्याउने, कोठा खोजेर राख्नेदेखि तीन-तीन महिनामा भिसा नविकरण गर्ने काममा पनि सहयोग गर्नुभएको थियो ।

मनकुमारको परिवारमा अहिले आर्थिक स्रोत जुटाउने भाइ पनि गएको दुई महिनादेखि युएईमा बेरोजगार बन्नुभएको छ । उहाँले काम गर्दै आएको कम्पनीको भिसा सकिएको छ । त्यो कम्पनीमा भिसा नवीकरण नहुने भएपछि उहाँ नयाँ कामको खोजीमा हुनुहुन्छ । अल नाहादामा रहेको एनएमसी अस्पतालमा उपचार गराइरहनु भएका मनकुमारलाई अस्पतालले भने सहयोगी व्यबहार देखाएको आमा बद्रीमायाले बताउनुभयो ।

झण्डै दुई वर्ष उपचारका क्रममा नेपाली दूतावास आबुधाबीबाट अपेक्षाकृत सहयोग नपाएको परिवारको गुनासो छ । दुर्घटनापछि उपचार तथा क्षतिपूर्तिका लागि पहल गर्न दूतावास धाएपनि त्यहाँबाट खासै सहयोग नभएको र कानुनी लडाईका लागि दूतावासमा वकिलको ब्यवस्था नभएकोले झन् समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

उपचारका लागि झण्डै १५ लाख दिराम खर्च भैसकेको र अहिले क्षतिपूर्ति दाबी गरि अदालतमा मुद्धा दायर गरिएकाले क्षतिपूर्ति पाउने परिवारको आसा छ । क्षतिपूर्ति पाएपछि अस्पतालमा भुक्तानी गर्ने आश्वासन दिएर उपचार गराएको उपचारमा सघाउँदै आएका दीपक अधिकारीले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे