2026-09-28 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’

2026-09-02

काठमाडौँ | प्रतिपक्षी दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यवहारप्रति संसद्‌मा तीव्र असन्तुष्टि जनाउनुभएको छ। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले संसद् र जनप्रतिनिधिलाई उपेक्षा गर्दै एकलौटी ढङ्गले हिँडेको आरोप लगाउनुभयो।

प्रधानमन्त्री शाह भोटेकोशी बाढी र रसुवा महाविपत्तिबारे सदनलाई ब्रिफिङ गरेलगत्तै सांसदहरूका प्रश्नको सामना नगरी तुरुन्त बाहिरिएपछि प्रचण्डले रोस्ट्रमबाटै आक्रोश पोख्नुभएको हो।

संसद्‌मा बोल्दै प्रचण्डले भन्नुभयो “आज प्रधानमन्त्री आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यसका लागि त म धन्यवाद नै भन्न चाहन्छु। तर उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यो के तरिका हो ? उहाँ त हामी सबैको प्रधानमन्त्री हो नि ! हामी तपाईंकै साथमा छौँ भनेर भनिरहेका छौँ, तैपनि कसैको अनुहार नहेरी जानुहुन्छ। भन्दाभन्दै अनुहार नै हेर्न नपर्ने के हो यो तरिका ? यो घमण्डले अहिलेको जटिल समस्याको समाधान हुँदैन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै