मंसिर १, काठमाडौं | मंसिर एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, काठमाडौं | मंसिर एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभ"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु, तीन महिनाभित्र मुआब्जा

२०७३, २ मंसिर बिहीबार ०२:४२

मंसिर २, काठमाडौं | मंसिर एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ।

आयोजनाको सम्भाव्यता अध्ययन ०४० मा भएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना बन्ने गोरखा र धादिङका सांसद, प्रमुख जिल्ला अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरी जग्गा अधिग्रहण अगाडि बढाउन ११ बुँदे निर्णय गराएका छन् ।

आयोजनाको अनुमानित लागत दुई खर्ब ५९ अर्ब छ । जग्गा अधिग्रहणलगायतका वातावरणीय काम गर्न ५८ अर्ब, बाँध, विद्युत्गृह, सुरुङलगायतका संरचना बनाउन एक खर्ब २४ अर्ब ५० करोड लाग्ने अनुमान छ । टर्वाइन, जेनरेटरलगायतका इलेक्टो मेकानिकलका लागि ५४ अर्ब ९० करोड, प्रसारण लाइनका लागि तीन अर्ब ६० करोड, सडक, अवासगृहलगायतका भौतिक संरचना निर्माण गर्न आठ अर्ब ६० करोड र इन्जिनियरिङका लागि पाँच अर्ब ४० करोड लाग्ने अनुमान छ।

मुआब्जा नै निर्माणमा समस्या, जटिलता र अन्योलता थियो, ११ बुँदे निर्णयपछि सबै हटेको छ । अब तीव्र रूपमा मुआब्जा निर्धारण गरी रकम वितरण गरिने उर्जा मन्त्रीले भने।

बुढीगण्डकी आयोजनाबाट गोरखा र धादिङको एक लाख २३ हजार नौ सय २१ रोपनी जग्गा डुबानमा पर्नेछ । गोरखा र धादिङतर्फ क्रमशः ३० हजार ७८ र २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्नेछ । यसमध्ये निजी ५८ हजार एक सय ५३ र सरकारी ३३ हजार दुई सय ७१ रोपनी जग्गा डुब्नेछ ।

आयोजनाले डुब्ने निजी जमिन अधिग्रहण गर्नुपर्नेछ । ३२ हजार चार सय ९७ रोपनी भीर, पहरा, वन, बुट्यान भएको जमिन डुब्ने आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल