2026-07-25 04:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौँ | भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर पछाडी सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए ।

घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनको शव पोस्टमार्टमको लागि आज बिहान टिचिङ अस्पताल लगिएको छ । भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

अध्ययनका लागि अष्ट्रेलिया बस्दै आएका उनीहरु केसिह दिनअघि मात्रै नेपाल आएका थिए । अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेको आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक