2026-11-01 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौँ | भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर पछाडी सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए ।

घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनको शव पोस्टमार्टमको लागि आज बिहान टिचिङ अस्पताल लगिएको छ । भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

अध्ययनका लागि अष्ट्रेलिया बस्दै आएका उनीहरु केसिह दिनअघि मात्रै नेपाल आएका थिए । अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेको आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द