मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका नि"/>

2026-06-19 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कार्यालयका प्रमुखले नै गरे दुई दिन पछाडिको हाजिर

2016-11-22

मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले त्यस्तो हाजिरी गरेको पाइएको हो । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले यही मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो ।

अनुगमन टोली जाँदा सोही दिन समेत दवाडी कार्यालयमा अनुपस्थित रहेको सभापति साहले जानकारी दिए। सो दिन ३० कर्मचारी अनुपस्थित थिए। दुई दिन वा सोभन्दा बढी समयसम्म स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी १८ जना थिए । एक जना कर्मचारी त बिदा स्वीकृत नगराई १४ दिनदेखि अनुपस्थित थिए ।

अनुगमनसम्बन्धी समितिले आज समितिमा प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीबाट रकम सङ्कलन गर्न एभरेस्ट बैंक लिमिटेडको एउटा मात्रै काउन्टर कार्यालयमा हुँदा चार/पाँच घन्टा लाग्ने भएकाले बहुबैंकिङ प्रणालीमा गई अन्य बैंक मार्फत पनि राजस्व सङ्कलनको व्यवस्था मिलाउने, व्यक्तिगत श्रम स्वीकृतितर्फ कागजात दर्ता गर्न काउन्टर थप गर्ने, व्यक्तिगत श्रम स्वीकृतिका निम्ति कागजात जाँच गर्ने कार्य दुई तहमा मात्रै सीमित गर्न सुझाव तथा निर्देशन दिएको हो ।

हाल प्रयोगमा रहेको सफ्टवेयरलाई विस्थापन गरी नयाँ सफ्टवेयर सञ्चालन गर्न, अनलाइनबाट फाराम सङ्कलन व्यवस्था मिलाउन, सूचना प्रविधिसम्बन्धी कर्मचारीको अभाव हुन नदिन, अरबी भाषा अनुवादकको सङ्ख्या बढाउन, कर्मचारी प्रशासन चुस्त दुरुस्त बनाउन तथा विद्युतीय हाजिरीको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

प्रहरी प्रशासनको सहयोग लिई कार्यालयमा बिचौलिया र दलाललाई कारबाही गर्ने र कारबाहीमा परेकाको नाम कार्यालय परिसरमा सार्वजनिक रुपमा टाँस्ने व्यवस्था मिलाउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ।

सङ्घीय संरचना अनुरुप सातै प्रदेशमा विभागको कार्यालयको स्थापना गरी श्रम स्वीकृतिसम्बन्धी कार्य विकेन्द्रित गर्न तथा बिदामा आएका कामदारलाई विमानस्थलबाटै पुनः श्रम स्वीकृतिको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिले क्षतिपूर्ति सहितको नागरिक बडापत्र कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यसैबीच समितिको आजको बैठकले चौकीदारका रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति दिन लगाइएको रोक फिर्ता लिने निर्णय गरेको छ ।

समितिका सभापति साहले अन्य वैदेशिक रोजगारी संस्थामाथिको रोक हटाइए पनि ठगीको उजुरी परेका त्यस्ता संस्थालाई भने छानबिन नसकिएसम्म श्रम स्वीकृतिमा रोक यथावत् रहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ