१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा कृषिले मत्स्य, तरकारी र विउसम्ममा अनुदान दिने

९ मंसिर २०७३, बिहीबार ०२:३४

खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । कृषि क्षेत्रमा काम गर्नेका लागि सरकारले विभिन्न सहुलियतहरु ल्याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।  

किसानहरुका लागि कार्तिक १० मा गोरखापत्रमा १ महिनाको म्याद राखि मत्स विकास निर्देशनालयको सूचना प्रकाशन भए जस्तै गरि जिल्ला कृषि विकास कार्यालयले पनि सूचनाहरु प्रकाशन गरेको छ । 

कृषि विभाग अन्तरगत मत्स्य विकास निर्देशनालयले १ महिनाको म्याद राखि निकालेको सूचनामा मत्स्य पालनका लागि पोखरी निर्माण, एक हेक्टर जलाशयको नर्सरी निर्माण र कार्प ह्याचरी निर्माण तथा व्यवस्थापनको लागि इच्छुक नेपाली नागरिकका लागि दरखास्तको आव्हान गरेको छ । 

कृषि तथा खाद्य सुरक्षा आयोजना लागु भएका काप्रेचौर, माझकाँडा, काल्चे, घाँजरीपिपल, सिद्धेश्वरी, त्रिवेणी, चाँदे, कोर्वाङ्ग झिम्पे, शिवरथ, ढाकाडाममा विउ प्रसोधन र भण्डारणको लागि इच्छुक सहकारी वा समूहलाई बढिमा २० लाख प्रदान गरिनेछ । 

त्यस्तै सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना तर्फको एकिकृत जल व्यवस्थापन कार्यक्रम अन्तरगत कार्यक्रम संचालनमा रहेका उपआयोजनाका लागि तरकारी खेति, च्याउखेती, मौरी पालन तथा माछापालनका लागि दखास्त माग गरेको छ । 

खलंगाको पधेरी पलेशी, देवस्थलको मानटुरा, कोर्वाङ्ग झिम्पेको दारिमज्यूला, छायाक्षेत्रको भुमेश्वरज्यूला, डाँडागाउको स्यालपानी र स्यानिखालको रेशमज्यूला उपआयोजनामा यो कार्यक्रम लागु गरिनेछ । यसमा १८ देखि ५० बर्ष उमेरका वैदेशिक अनुभव प्राप्त गरेका यूवाहरुले प्रस्ताव पेश गर्न सक्नेछन । 

किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तरगत तरकारी एवं खाद्यन्नको वालीको गुणस्तरिय वीउ उत्पादन प्रवद्र्धन गर्न साना अनुदान प्रस्तावना आव्हानको गरिएको छ । यसमा कृषक समूह तथा सहकारी संस्थाले प्रस्तावना पेश गर्न सक्नेछन । 

आवश्यक अन्य जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न कार्यालयले सम्बन्धीत कृषकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते