खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभि"/>

2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन


खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ । 

सल्यानमा पनि दिवसका अवसरमा सडक नाटक तथा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा निवारण जिल्ला संयोजन समिति सल्यानको आयोजनामा श्रीनगरमा भएको कार्यक्रममा सरोकारवाला विभिन्न निकायको सहभागिता रहेको थियो । 

सहभागीहरुले यो अभियानले समाजमा चेतना दिने भन्दै त्यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निभाउने बतएका तिए । लैंगिक हिंसा निवारण समितिका संयोजक दुर्गादत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोभिता बस्नेतले गरेकि थिइन । कार्यक्रममा रेडियो तहल्का तथा अनलाइन तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रको नाटक समूहले सडक नाटक प्रस्तुत गरिएको थियो । 

महिला हिंसा विरुद्धको लोक गीत प्रतियोगितामा हिमा बोहरा प्रथम, लिला वि.क. द्धितिय, एलिसा डि.सी. तृतिय र सरिता मगर सान्त्वना बनेका छन । 

कार्यक्रमका लागि जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय, रेडक्रस, ओरेक, पहल, दलित विकास समाज, पास नेपाल, महिला मानव अधिकार रक्षक संजाल लगायतले सहयोग गरेका हुन । 

१६ दिन सम्म मनाइने यो अभियानका अवसरमा सल्लीबजार, लक्ष्मीपुर र थारमारेमा पनि कार्यक्रम गरिनेछ । 

स्थानिय विकास अधिकारी खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महिला विकाश अधिकृत राज कुमारी राई लगायत विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो । 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा देशव्यापी रुपमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले १६ दिने अवधिमा महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो ।

त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।  हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ