मङ्सिर ११, इलाम । साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । 

व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ११, इलाम । साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । 

व"/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संस्था भागेपछि साठी लाखको खानेपानी योजना अलपत्र

२०७३, ११ मंसिर शनिबार ०६:३३

मङ्सिर ११, इलाम । साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । 

विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ । 

फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी रु एक हजार २०० र गाविसको रु ५० हजार सहयोग लिइएको थियो । तर योजनामा कम गुणस्तरका सामान प्रयोग गरी पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएका छन् । 

खानेपानीको लागि घरबाट महिना दिनसम्म श्रम दिएको स्थानीयबासिन्दाले बताए । पाइपलाइन विस्तार भएपछि पनि प्राविधिक त्रुटिका कारण पानी सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेका हुन् । 

आयोजना निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले आयोजना लथालिङ बनेपछि उपभोक्ताका घरघरमा पाइप र निर्माण सामग्री चोरी भएको जानकारी दिनुभयो । आयोजनाले ३४ वटा धारा निर्माण गर्नुपर्नेमा १४ वटा मात्र निर्माण गरेको र पानी जम्मा गर्ने तीनमध्ये दुई वटा ट्याङ्की निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छन् । योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिएको र अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताउनुभयो । 

करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ । यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ । आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह