२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पेसा–व्यवसाय जातले भन्दा सीप र क्षमता भएकाले गर्नुपर्छ

१२ मंसिर २०७३, आईतवार ०२:३६

गोपालप्रसाद पोखरेल/मङ्सिर १२, मोरङ । सीप भए न जात न धर्म । स्वदेशमा गर्न सकिन्छ पेसा कर्म । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई गलत सावित गर्दै उर्लाबारी–४ का हेमन सिंह (लिम्बू) २२ वर्षयता सिलाइ कटाइमा रमाइरहनुभएको छ । 

उहाँका धेरै समकालीन सङ्गीहरू लाहुर लागे । कोही वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, हङ्कङ पुगेका छन् । कोही युरोप अमेरिका पुगेर उतै भुलेका छन् । नेपालमै सरकारी जागिर खाँदै गरेकाको सङ्ख्या पनि कम छैन । तर, हेमन भने वन चरी वनमै रमाउँछ भने झैँ हातमा भएको सिलाइ कटाइको अब्बल सीप बेचेर स्वदेशमै अर्थोपार्जन गर्नमा व्यस्त हुनुहुन्छ । 

कक्षा ७ मा पढ्दै गर्दा २३ वर्षअघि घरायसी कामले भारतको दार्जिलिङ पुग्नुभएका हेमनले उतै आफन्तकोमा बसेर सिलाइँको काम सिक्नुभयो । तीन वर्ष सीप सिकेर नेपाल फर्कंदा साथीभाइ कोही कलेज पढ्ने, कोही ट्युसन पढाउनेतिर व्यस्त भइसकेका थिए । त्यो दृष्य देखेपछि उहाँलाई बूढो भएर फेरि स्कुल जान मन लागेन । त्यसैले सिलाइ मेसिन, कैँची र स्केलमा आफ्नो भविष्य कोर्न तल्लिन हुनुभयो । 

मध्यम वर्गीय परिवार । उसबेला दर्जी (दमार्इं) बाहेक अरु जातिले लुगा सिलाएको न परिवारले मन पराउँथ्यो, न समाजले लुगा सिलाउन नै लगिदिन्थ्यो । बालीघरे प्रथाका कारण हेमनले स्थापित हुन ठूलै सङ्घर्ष गर्नुप¥यो । भन्नुहुन्छ – “आफन्तहरू मात्र होइन, छिमेकीले पनि होच्याउने, खिसी गर्ने गरे । 

धेरै त लिम्बूको छोरो, लाहुर लाग्नु नि गज्जवको जीउ छ भन्थे ।” हरेकलाई ईश्वरले एउटा–एउटा काम गरी खाने सीप दिएका हुन्छन् भन्ने लाग्यो हेमनलाई । “अरुले जे जे भने पनि हातमा सीप, मनमा आँट र इच्छा शक्ति भएकाले सिलाइ कटाइ सेन्टर खोलेँ, हेमनले सुनाउनुभयो । 

बाइस वर्षपछि अहिले हेमनको ‘कामना टेलर्स’मा कामको चाप थेग्नै गाह्रो छ । सर्ट सुटमात्र होइन । सिलाइसम्बन्धी कुनै पनि काम लिएर जानेहरू हेमनकोबाट फर्कनु पर्दैन । पुरुष महिलाले लगाउने सबैखाले पोसाक सिउने सीप उहाँमा छ । हाल हेमनको कारखानामा पाँचजना कामदारले रोजगारी पाएका छन् । 

उर्लाबारीको व्यस्त बजारमा भारतीय मूलका टेलर्स सञ्चालकसँग प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन, तर पछिल्लो समय नेपाली दर्जी र अन्य जातिका नेपालीले पनि सिलाइ व्यवसाय गर्न थालेपछि लाखौँ रुपैयाँ भारत जाने क्रम रोकिएको छ । 

हेमनको हाल मासिक कमाइ सबै खर्च कटाएर न्यूनतम रु ४० हजार हुन्छ । विवाहको मौसममा रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको हेमनले बताउनुभयो । भन्नुहुन्छ – “सबैले दुई चार पैसा कमाउनका लागि काम गरेका हुन् । विदेश गएका हुन् । जागिर खाएका हुन् । 

म मेरो कामप्रति सन्तुष्ट छु ।” हिजो नबुझेर खिसी गर्नेहरू सबैले सम्मान गरेका छन् । पेसा–व्यवसाय जातले होइन, सीप र क्षमताले गर्ने हो भन्ने बुझेपछि अहिले उर्लाबारी क्षेत्रमा लिम्बू मात्र होइन सो क्षेत्रकै राजकुमार पोखरेल, उमेश बर्मा, धीरेन्द्र कार्की, रञ्जीत गुप्ता सबै खर्च कटाएर न्यूनतम रु ४० हजार कमाउने गरेको बताउँछन् । 

सो क्षेत्रमा विभिन्न जातिले व्यावसायिक सिलाइ कटाइ सेन्टर सञ्चालन गरेर अर्थोपार्जन गरिरहेका छन् । जसले गर्दा भारतीय कालिगढहरू क्रमशः विस्थापित भइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य