(सुशील दर्नाल)  | मङ्सिर २३, काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ लाई जतिसक्दो चाँडो संसद्बाट पारित गर्न सरोकारवाला सङ्घसंस्था तथा अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सुशील दर्नाल)  | मङ्सिर २३, काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ लाई जतिसक्दो चाँडो संसद्बाट पारित गर्न सरोकारवाला सङ्घसंस्था तथा अधि"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता ऐन चाँडै ल्याउन माग

२०७३, २३ मंसिर बिहीबार ०९:००

(सुशील दर्नाल)  | मङ्सिर २३, काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ लाई जतिसक्दो चाँडो संसद्बाट पारित गर्न सरोकारवाला सङ्घसंस्था तथा अधिकारकर्मीले माग गरेका छन् । 

ऐन ल्याउन ढिलाइ हुँदा अपाङ्गता नभएका व्यक्तिले झुटो विवरण पेस गरेर निजामती सेवा, आरक्षण, राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्तिलगातयका सेवा सुविधा लिइरहेको गुनासोसहित राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले दबाब दिँदै आएका छन् । 

छलफलको क्रममा रहेको विधेयकलाई जतिसक्दो चाँडो पारित गराई कार्यान्वयनमा ल्याउन सांसदसँगको महासङ्घले अन्तक्र्रियाका साथसाथै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने काम गर्दैआएको महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले जानकारी दिनुभयो । 

अपाङ्गता संरक्षण तथा कल्याण ऐन, २०३९ को संशोधित ऐनको रूपमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ ल्याउने तयारी गरिएको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अपाङ्गता ऐन, २०३९ पुरानो भएको भन्दै संशोधनका लागि पाँच पटकसम्म समिति गठन गरे पनि संशोधन हुन सकेको छैन । नयाँ संविधान जारी भइसकेको सन्दर्भ र यससम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय नीतिमा फेरबदल आइसकेको अवस्थामा यस क्षेत्रका अधिकारकर्मीले ऐन संशोधनको माग गर्दै आएका हुन् । 

संविधानमा समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, शिक्षासम्बन्धी हक र महिलाको हकलगायतका अन्य हकमा अपाङ्गताको अधिकारलाई समावेश गरिए पनि ‘अपाङ्गताको हक’ को रूपमा भने छुट्टै धाराको व्यवस्था गरिएको छैन । “अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ” भन्ने शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ । 

महासङ्घका अध्यक्ष सुवेदीका अनुसार विधेयक संसद्मा दर्ता भएर छलफलका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिमा पठाइएको दुई महिना भइसक्यो । समिति सभापति रञ्जुकुमारी झाले भने सो विधेयक अहिलेसम्म समितिको सचिवालयसम्म आइनसकेको जानकारी दिनुभएको छ । “विधेयक समितिको सचिवालयमा आएको छैन, अब छिट्टै आउँछ र समितिले छलफल गरेर पुसभित्रमा संसद्मा पठाउनेछ” – सभापति झाले भन्नुभयो । 

विधेयकमाथिका संशोधनकर्तालाई समितिमा आमन्त्रण गरेर छलफलका आधारमा समिति अगाडि बढ्ने सभापति झाको भनाइ छ । महासङ्घले सांसदमार्फत छुटेका सवाललाई संशोधन गर्न अपिल गर्दै आएको छ । विधेयक संशोधनका लागि १३ वटा संशोधन दर्ता भएका छन् । 

निःशुल्क स्वास्थ्य शिक्षा, यातायातमा ५० प्रतिशत छुट, अति अशक्त र पूर्ण अशक्तका लागि सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था, सुस्तश्रवण भएकालाई साङ्केतिक भाषाको व्यवस्था, दृष्टिविहीनलाई ब्रेललिपिको व्यवस्था, श्रवण दृष्टिविहीनसम्बन्धी अपाङ्गता भएकालाई टेक ट्रायल स्पर्श विधिको व्यवस्था गर्नुपर्नेलगायत धेरै विषय विधेयकमा छुटेको र त्यसलाई संशोधनमार्फत समावेश गर्न सुझाव दिइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । 

“पहिलेको तुलनामा अहिलेको ऐनमा नयाँ विषयको रूपमा अपाङ्गताभित्र पनि हिमोफिलिया, अटिजम, डाउनसिन्ड्रोमलगायतका पहिचान हुन नसकेका अपाङ्गताको पहिचान गरिएको छ”– उहाँले भन्नुभयो । 

मनोसामाजिक अपाङ्गता भएकाको लागि छुट्टै दफाको व्यवस्था पनि गरिएको छ जुन यसभन्दा अघिको ऐनमा थिएन । अपाङ्गताको नाममा गैरअपाङ्गले सेवा सुविधा लिँदा पहिलेको ऐनमा कारबाही गर्ने व्यवस्था थिएन भने अहिले त्यो व्यवस्था पनि गरिएको छ । विचाराधीन नयाँ ऐनले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतका अधिकार दिन खोजेको छ तर त्यो बाध्यात्मक देखिँदैन । 

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कुल जनसङ्ख्या झन्डै दुई प्रतिशत (१ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१) रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् । 

त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ