2026-09-30 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँले बालेन शाह नेतृत्वको सरकारले सुकुम्वासी बस्ती हटाउने, सडक किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाएका छन्। भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर बालेन सरकार गरिबमुखी नभई गरिबलाई नै असर पर्ने नीति अवलम्बन गरिएको आरोप लगाए। उनले भने, ‘काठमाडौँका खोला किनार र सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीहरूको घरटहरा भत्काइएको छ। मैले चुनावमा भोट नहाल्नु भन्दा सुकुम्वासीहरू बुरुक्क बुरुक्क उफ्रेर भोट हाल्नुभयो।’

उनले बालेनको नेतृत्वमा सरकार बनिसकेपछि सुकुम्वासी बस्ती हटाउने कुरा आफूले पहिल्यैदेखि भन्दै आएको बताए। उनले आफूले चुनावमा नजान दलहरूलाई आग्रह गर्दा पनि नमानेको बताए। उनले थपे, ‘बालेनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला खोला किनारमा बसेका सुकुम्वासीलाई लात हान्छ भनेकै हो। १५ दिन पनि परेन। केपी ओलीलाई पनि मैले भनेको थिएँ बालेनले शपथ खाएको भोलिपल्ट तपाईँलाई समातिन्छ भनेको, भोलिपल्टै समात्यो।’

उनले सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणलाई थप आर्थिक भार पर्ने बताए। स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व उल्लेख गर्दै विपन्न नागरिकको उपचार पहुँच कमजोर हुने चिन्ता व्यक्त गरे। उनले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य र रोजगारीमा ठुलो योगदान दिएको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा दबाब दिने नीति लिएको आरोप लगाए। उनले भने, ‘सरकारले गरिबी हटाउनुभन्दा गरिबलाई नै विस्थापित गर्ने काम गरेको छ र वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री