मंसिर २४, काठमाडौं | अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्"/>
2026-06-17 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फाको चरम गैरजिम्मेवारीले नेपालको गुम्यो एएफसी कप

मंसिर २४, काठमाडौं | अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ ।

एएफसीले २६ सेप्टेम्बरमै एन्फालाई पत्र लेख्दै एएफसी कप प्ले अफका लागि टिम नोमिनेसन गर्न पत्र पठाए पनि एन्फाले कुनै जवाफ दिएन् । त्यसपछि एएफसीले थ्री स्टारलाई छनोटमा विजेता बनेकामा बधाई दिँदै पुनः एन्फालाई २१ नोभेम्बरमा पत्र पठाउँदै २३ नोभेम्बरभित्र टिमको नामका लागि आवश्यक प्रक्रिया पूरा गर्न अर्को पत्र लेखेको थियो । त्यसमा पनि एन्फाले कुनै जवाफ नपठाएपछि एएफसीले नेपालको नाम हटाउँदै बुधबार प्रतियोगितामा भाग लिने ३८ टिमको नाम सार्वजानिक गरेपछि नेपालको सम्भावना प्राविधिक रूपमा समाप्त भएको छ ।

एएफसीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले निर्धारित समयसीमामा क्लब दर्ता नगरेको भन्दै प्रतियोगिताबाट अलग गरिएको जानकारी गराएको थियो ।

थ्री स्टार सहभागी हुन नपाउने भएपछि नेपाली फुटबलको चरम अपरिपक्वता उजागर भएको छ । एएफसीले आयोजना गर्ने महत्वपूर्ण प्रतियोगिताको मौका गुमाउँदा क्लब र खेलाडीको भविष्यमाथि नै प्रश्न उठेको थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले बताए । उनले भने, ‘एएफसीले सबै जानकारी एन्फालाई पठाउँछ । हामीले एन्फालाई पटक पटक ताकेता ग¥यौं के हुँदै छ भनेर, तर त्यसको एन्फाले आधिकारिक जानकारी दिएन् ।’ उनले आपूmहरूले एन्फलाई आधिकारिक पत्र लेखेको भन्दै त्यसको जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने, ‘अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तिम प्रयास गरिरहेको र झिनो आशा बाँकी रहेको मलाई म्यासेज आएको छ ।’ यदि नेपालले यो मौका गुमायो भने यो नेपाली फुटबलका लागि असाध्यै दुर्भाग्यपूर्ण हुनेछ । उनले लापरबाहीको चरम नमुना भएको र पटक पटक ताकेता गरे पनि त्यसको सुनुवाइ नहुन दुःखद् भएको बताए ।

एन्फा सीईओ इन्द्रमान तुलाधरले एएफसीले पटक पटक पत्र पठाएको स्वीकार्दै भने, ‘हाम्रो मिसअन्डर इस्ट्यान्डिङ भयो । नयाँ पठाउने कि थ्री स्टारलाई पठाउने भन्नेमा स्पष्ट हुन सकिएन ।’ उनले पछि फेरि पत्र आएको र थ्री स्टार छनोट भएकाले नाम पठाउन पुनः आग्रह भए पनि त्यसमा के भएर पुनः पठाइएन भन्ने विषय छानबिन गरिने बताए । यो त चरम गैरजिम्मेवारी भएन र भन्ने राजधानीको प्रश्नमा उनले भने, ‘एन्फाले नैतिक रूपमा जिम्मेवारी लिन्छ । त्यसमा हामी एकदमै सिरियस छौं, अध्यक्ष र महासचिव आएपछि छलफल गरेर कारबाही गर्नुपर्ने अवस्था आए त्यसमा पनि एन्फा अघि बढ्नेछ ।’

यद्यपि, एन्फाले विशेष आग्रह गरेकाले र एएफसी अध्यक्षले पत्र पठाउन भनेकाले गर्दा केही आशा रहेको उनले बताए । सोहीअनुसार पत्र पठाइसकेको भन्दै सकारात्मक जवाफ आउने आशा भने बाँकी रहेको तुलाधरले बताए । अध्यक्ष र महासचिव शुक्रबार नेपाल आएपछि छलफल गर्ने तुलाधरले जानकारी दिए । – राजधानी र कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ