2026-11-07 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ

2026-06-16

काठमाडौँ | सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी मारेको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ बस्ने ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ बस्ने ६० वर्षीय नासिर भन्ने बसिर मियाँ रहेका छन्। दाउदलाई सुरुङ्गा–९ बाट जेठ २४ गते र नासिरलाई सप्तरीकै बलानबिहुल गाउँपालिका–१ बाट जेठ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७२ साल भदौ २९ गते राति करिब ७ बजे सुरुङ्गा नगरपालिका–९ बस्ने जाहेरवाला रोशन खातुनका ससुरा एनुल मियाँलाई उनीहरूकै समूहले अपहरण गरेको थियो। आफ्नै घरमा बसिरहेको अवस्थामा एनुललाई अपहरण गरी बलान खोलादेखि पूर्वतर्फ रहेको पैनीको बाटोमा लगेर पानीमा डुबाई तथा मुख थुनेर हत्या गरिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनालगत्तै आरोपीहरू फरार भएका थिए। लामो समयदेखि लुकिछिपी बस्दै आएका उनीहरूलाई निरन्तरको खोजतलासपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण