मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुन"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुल्य घटेपछि विवाहको सिजनमै सुनको अभाव देखियो

२०७३, २४ मंसिर शुक्रबार ०२:५७

मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुपातमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ छ । 

“सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, “बैंकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको हो ।”

सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको उनको अनुभव छ । सुनचाँदी व्यवसायीले मूल्य घटेका बेला सुन लुकाएर बजारमा कृत्रिम अभाव देखाउने गरेको उपभोक्ताको गुनासो छ । बजारमा मूल्य घट्दै जाँदा व्यवसायीले महँगोमा किनेर सस्तोमा बेच्नु परेपछि कृत्रिम अभाव गराउने गरेका छन् । 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बैंकले नियमित रुपमा व्यवसायीलाई सुन वितरण गरिरहेको बताए । “बैंकले कोटाअनुरुप सुनको वितरण गरिरहेका छन्,” उनले भने, “मूल्य घटेकाले लगानीकर्ता  सुनतर्फ आकर्षित भएर पनि बजारमा माग बढ्न सक्छ ।” 

राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डअनुरुप विभिन्न बाणिज्य बैंकले सुन आयात गरी बजारमा बिक्री गरिहेका छन् । तर, बंैंकसँग पर्याप्त सुन रहेकाले पनि बजारमा अभाव हुने अवस्था नरहेको उनको भनाइ छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दै गएकाले पनि बजारमा माग धेरै भई अभाव हुन थालेको हो । महासंघले अहिले बजारमा सुनको अत्यधिक माग रहे पनि अभाव हुँदा सोहीअनुरुप वितरण गर्न नसकिएको बताएको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्य पछिल्लो समय सुनको मूल्य क्रमिक रूपमा ओरालो लाग्दै गएकाले पनि माग बढ्दै गएको बताउँछन् । “सुनको मुल्य घट्दै गएपछि एक तोला खरिद गर्ने ग्राहकले दुई÷तीन तोला खरिद गर्ने गरेका छन्,” उनी भन्छन्, “जसका कारणले पनि बजारमा अभाव देखिएको हो ।”

बजारमा सुनको अभाव रहेकाले कोटा बढाउन राष्ट्र बैंकसँग पटक–पटक माग गरे पनि त्यसको कुनै सुनुवाइ नहँुदा व्यवसायीले सुनको अभाव खेप्नु परेको उनको भनाइ छ । राष्ट्र बैंकले मागअनुरुप सुन वितरण नगर्दा तस्करीबाट एको सुन उपयोग हुने गरेको व्यवसायीको भनाई छ ।

छिमेकी मुलुक भारत र चीनबाट बढी मात्रामा तस्करीको सुन नेपालमा भित्रिने गरेको छ । केही समययता अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

बजारमा सुनको अभाव हुँदा व्यापारीले पसलैपिच्छे फरक–फरक मूल्यमा बेच्ने गरेको उपभोक्ताको गुनासो छ । बानेश्वरकी शान्ति रेग्मीले अभाव देखाउँदै व्यवसायीले सुनमा बढी मूल्य लिने गरेको गुनासो गरिन् । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकहरूलाई मात्र दिएको छ ।

अहिले विभिन्न वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई वितरण गर्दै आएका छन् । उनीहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विट्जरल्यान्डलगायतका मुलुकबाट आयात गर्दै आएका छन् । आयातीत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण महासंघको सिफारिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा