२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुनसरी जिल्लाबारे संक्षिप्त जानकारी

२ चैत्र २०७२, मंगलवार १०:३५

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमामोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, थारू, सतार आदि जनजातिको बसोबास पाइन्छ।

जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरिसंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ ।

भौगोलिक अवस्था 

  • अक्षांशः २६० २३” उत्तरदेखि २६० ५५” उत्तरसम्म
  • देशान्तरः-८७० ५” पूर्वदेखि ८७० १६” पूर्वसम्म।
  • सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ३ वटा नगरपालिका पर्दछ।

सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।

प्रमुख नदी ताल तलैयाहरू

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।

प्रमुख धार्मिक क्षेत्र 

बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी ।

पर्यटकीय क्षेत्र 

चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र ।

व्यापारिक महत्वका स्थानहरू 

जिल्लाको प्रमुख व्यापारिक महत्वका स्थानहरूमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरूवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली यू–१९ महिला क्रिकेट टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी चारसय १५ जना सहसचिव र उपसचिव पदपूर्तिका लागि माग डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ ‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन् १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने जलवायु समस्या र गरिवी निवारणलाई एकिकृत रुपमा सम्बोधन गर्नुपर्छ : राष्ट्रपति पौडेल ४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जान पक्राउ