२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२०७३, २४ मंसिर शुक्रबार ०४:१७

मंसिर २४, काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै छ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले भने यो दिवस सन् २०११ देखि मनाउन सुरु गरेको हो । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपाल सरकारले ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यन्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९’ बनाई लागू गर्दै आइरहेको छ । नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, अपराध अनुसन्धान ब्युरो लगायत भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरु छन् । साथै भ्रष्टाचार न्यूनीकारणका लागि बिभिन्न संघसंस्थाहरुले भूमिका खेल्दै आएका छन् । 

दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् । न्यायसंगत, समावेशी र थप समृद्ध भविष्य निर्माणका लागि इमानदारिता, पारदर्शीता, जवाफदेहिता र असल शासनको संस्कृतिलाई बढावा दिनुपर्नेमा उनको जोड छ । 

दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविश्वर पराजुलीले सरकार तथा राजनीतिक रुपमा भ्रष्टाचार न्युनीकरणका लागि जति प्रतिबद्ध रहेको भनिएपनि नेपालमा भ्रष्टाचार बढीरहेको बताए ।  उनले नेपालमा भ्रष्टाचार अन्त्यका लागि सबैलाई एक हुन आव्हान समेत गरेका छन् । पराजुलीले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले आज भ्रष्टाचारीलाई सार्वजनिक गरि यो दिवस मनाउने कार्यक्रम रहेको साझा सबाललाई बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ