२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाइ सेभेन समिटको ३ लाख पचास हजार बराबरको सहयोग

२०७३, २७ मंसिर सोमबार १४:३७

अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्समा सिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई संजयलाइ सेभेन समिट ट्रेकले सोमबार ३ लाख पचास हजार बराबरको सहयोग गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।

कार्यक्रममा  टानका बरिष्ठ उपाध्यक्ष  तथा  सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक ताशी लाक्पा शेर्पाले एक लाख रुपैया बराबरको चेक प्रदान गर्नुभयो। शेर्पाले करिब दुई लाख  पचास हजार पर्ने डाउन जकेट,हेलमेट लगायत हिमाल चढ्दा आवाश्यक पर्ने सम्पुर्ण हिमालि कपडा पनि प्रदान गर्नुभयो। पण्डितलाइ चाइनाको चर्चित हिमाली कपडा  कैलास र नेपाल बनेको माउनंटेन गेअर ले  डेढ लाख बराबरको  कपडा  सहयोग गरेको हो।

पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेका  थिए भने युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए । पण्डितले जापानको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् ।पण्डितले सगरमाथा तथा  मनास्लु ,सेभेन समिट ट्रेक्स एजेन्सीबाट सफल्तापुर्बक आरोहणका गरेका थिए।  पण्डित याक माउनंटेन  गेअरका ब्रान्ड एम्बस्डर समेत हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा