१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमा पनि भूकम्प आउनु अगाबै साइरन बज्छ

२९ मंसिर २०७३, बुधबार ०७:१६

मंसिर २९, काठमाडौँ । अब नेपालमा पनि भूकम्प जानुभन्दा केहि सेकेण्ड अघि साइरन बज्ने प्रबिधि जडान गरिने भएको छ । 

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको हो । यसका लागि नाष्टले चीनको सहयोग लिएको छ । यो प्रविधिले भूकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ र ५ रेक्टरभन्दा माथिका भूकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । त्यसका कारण सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।

यो प्रविधिको मुख्य कन्ट्रोल रुमका रुपमा नाष्टको केन्द्रीय कार्यालयभित्रै ‘नेपाल भूकम्प पूर्वचेतावनी केन्द्र’ स्थापना गरिएको छ । जहाँ कम्प्युटर र इन्टरनेटको माध्यमबाट भूकम्पको पूर्वसूचना प्राप्त हुन्छ । 

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा खुमलटारस्थित कार्यालयमा भूकम्पको पूर्वसूचना संकलन गर्ने र प्राप्त गर्ने ‘सर्भर’ तथा ‘रिसिभर’ राखिएको छ । काठमाडौं वरपरका जिल्लाका ४० स्थानमा भूकम्पको तरंगलाई मापन गरेर सर्भरमा ल्याउने गरी सेन्सरहरु जडान गरिएको छ ।

नाष्टले अब तत्काल थप ४० वटा सेन्सर यन्त्र विभिन्न ठाउँमा राख्दैछ । अहिले काठमाडौंका ३ स्थानमा यस्ता साइरनहरु जडान गरिएका छन्, जहाँ भूकम्पको प्रारम्भिक सूचना प्रवाह गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता