२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालमा विकासको अत्यधिक सम्भावना छ’– मन्त्री कार्की

२०७३, २९ मंसिर बुधबार १२:११

मंसिर २९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालमा विकासको अत्यधिक सम्भावना रहेको हुँदा त्यसका लागि युवा पुस्ताको सक्रियता औँल्याउनुभएको छ । 

गायक भीषण राईको आधुनिक पप गीतको भिडियो सङ्ग्रह ‘धराने सोल्टिनी’ को यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको जल, जमिन, जडीबुटीलगायत विभिन्न स्रोतसाधन प्रयोग गरेर देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

“अहिलेको नयाँ पुस्ता प्रगतिशील छ, नेपालको गीत सङ्गीतलगायत अन्य विभिन्न क्षेत्रमा समेत यो पुस्ता सक्रिय छ तर त्यसको व्यवस्थापन हुन सकेको छैन, हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ”– सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो । 

मन्त्री कार्कीले गीत संसारकै सबैभन्दा पुरानो विधा भए पनि नेपालको सन्दर्भमा प्रकृतिबारे अत्यन्त कम मात्रामा गीत लेखिएको तर माया र प्रेमकाबारेमा बढी मात्रामा भएको बताउनुभयो । मन्त्री कार्कीले गीत सङ्गीतका क्षेत्रमा सरकार र आफ्नो व्यक्तिगततर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘धराने सोल्टिनी’ मा ‘वर्षांै बित्यो’, (शब्दःतारा राई, सङ्गीतः ओमप्रकाश राई), ‘यो संसारमा’, (शब्दः अमृत थेबे लिम्बू, सङ्गीतः कृष्णभक्त राई), ‘मलाई मात्र’, (शब्दः काजीमान यक्सो, सङ्गीतः अशोक राई) र ‘आउँदिन आउँदिन’, (शब्दः वासु भट्टराई, सङ्गीतःओम प्रकाश राई) लगायत चारवटा गीत समावेश रहेका छन् । 

सो अवसरमा गायक तथा सङ्गीतकार शम्भू राईले एमएम एस इन्टरटेनमेन्टले बजारमा ल्याएको धराने सोल्टिनीमा समावेश चारवटै गीतले सबै पक्षलाई छोएको बताउनुभयो । गीत सङ्गीतको क्षेत्रलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सङ्गीतकार तथा गायक ओमप्रकाश राई, कृष्णभक्त राई र अशोक राईलगायत करिब दुई दर्जन स्रष्टालाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो