पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगपति विनोद चौधरीविरुद्ध मुद्दा दर्ता

२०७३, १ पुष शुक्रबार १३:४३

पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । 

काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उहाँविरुद्ध आज मुद्दा दर्ता गर्नुभएको हो । 

स्थानीय सतुङ्गल, बलम्बु, महादेवस्थान, बोसीगाउँ कीर्तिपुरका करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने चौडाइ तीन फिट र लम्बाइ लगभग १०० फिट गोरेटो बाटो कब्जा गरी भवन निर्माण गरेकाले उहाँविरुद्ध मुद्दा दर्ता गर्न बाध्य भएको जानकारी स्थानीयवासी ईश्वरलाल महर्जनले राससलाई दिनुभयो । 

गत २०७१ साल चैत २० गते स्थानीय सतुङ्गल गाविसवासीको भेलाले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा गसी बाटो उपभोक्ता निर्माण समिति गठन गरेको थियो । 

उक्त समितिले उद्योगविरुद्ध यसअघि गोरेटो बाटो कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गाविसको कार्यालय सतुङ्गल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी दर्ता गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ