(नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा पर"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनकोसीमा जिप खस्दा ७ जनाको मृत्यु, एक बेपत्ता (अपडेट)

३ पुष २०७३, आईतवार १४:०६

(नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा, सोही ठेगाना भएका ५० वर्षीया निवुती शेर्पा, ५० वर्षीया सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङ बस्ने अन्दाजी ४० वर्षीय जिप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनुभयो । 

यस्तै, काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा घुर्मीमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय एक पुरुषको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय दाल्मु शेर्पालाई घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङसाङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिनुभयो । 

सुनकोसीमा जिप खस्दा जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता भएका र उहाँको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पनेरुले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए । रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडाँैबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नंको स्कार्पियो गाडी अचानक सडकबाट २०० फिट तल सुनकोसी नदीमा खसेको थियो । सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जाने क्रममा उक्त जिप दुर्घटनामा परेको थियो । 

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा खाङसाङ प्रहरी चौकीलगायत अन्य नजिकका प्रहरीचौकीका प्रहरी स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै