2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ४० बर्षमा पनि बनेन बसपार्क,अब कहिले बन्ला ?

शिव न्यौपाने/बैशाख २९, पोखरा । चार
दशकअघि अधिग्रहण गरिएको जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भर्खरै शिलान्याससम्म भएको छ । तर,
त्यतिबेलै व्यवस्थित बसपार्कका लागि छुट्याइएको जग्गा भने अझै अव्यवस्थित छ ।

व्यवस्थित बसपार्क बनाउन सहरको बीच भाग (पृथ्वी चोक) मा २०३२ सालमा २ सय ५ रोपनी जग्गा
अधिग्रहण गरिएको थियो । तर, पोखरा उपत्यका नगर विकास समितिलगायत अन्य सरोकारवालाको बेवास्ताले बन्न
सकेको छैन । बरु समितिकै केही पूर्वपदाधिकारीले घडेरी बनाएर बिक्री गरेको र सुकुम्बासीका नाममा घरटहरा
बनाएर बस्दा अहिले यो अतिक्रमणको चपेटामा परेको छ ।

बसपार्कबाट
पृथ्वी, सिद्धार्थ र पोखरा– बागलुङ राजमार्ग सुरु हुन्छन् । बसपार्क अभावमा सवारीसाधनको व्यवस्थापन
नहुँदा उपमहानगरको शोभा नै घटेको छ । पर्यटक तथा अन्य यात्रुले दुःख पाएका छन् । यात्रु बीच बाटोमा
बस्नुपर्ने अवस्था छ । दुर्गन्ध पनि उस्तै । सडकमै पार्किङले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
वर्षाका बेला बसपार्क छिर्नै मुस्किल हुन्छ ।

कुनै पनि सहरको
सम्पन्नताका लागि त्यहाँको भौतिक पूर्वाधार महत्वपूर्ण हुन्छ । तर, ‘मेट्रोसिटी’ का रूपमा विकसित हुँदै
गएको र प्रस्तावित ४ नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको पोखरामा बसपार्क नबन्नु दुखद् रहेको पोखरा
उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा बताउछन् । ‘अग्रजले दूरदृष्टि लगाएर उतिबेलै जग्गा
खोजेका थिए । व्यवस्थित बसपार्क बनेको भए प्रकृतिको धनी पोखरा अझै सुन्दर देखिन्थ्यो,’ उनले भने, ‘तर
भएको जग्गा पनि उपयोगमा ल्याउन सकिएन । बसपार्कको हालत देख्दा निकै दुःखी हुने अवस्था छ ।’ सुन्दर सहरको
वैभव बचाउने दिशामा यहाँका नेतृत्वकर्मी असफल देखिएको र बसपार्कको अस्तव्यस्तले यात्रुले सास्ती
खेप्नुपरको थापाको भनाइ छ ।

बसपार्कको जग्गामा अहिले ४ सय २४
सुकुम्बासीका घरटहरा छन् । २०४६ सालअघि ६४ घर रहेकामा अहिले बढेर त्यति पुगेका हुन् । उनीहरूमध्ये
कास्की ठेगाना भएका १६४ रहेका र ९९ प्रतिशतले सुकुम्बासी परिचयपत्र पाएका छन् । कतिपयले ती टहरा भाडामा
दिएको र कतिपयले लाखौं रुपैयाँमा बिक्री पनि गर्छन् । तीबाहेक अन्य दर्जनौं पक्की घर पनि बसपार्क
क्षेत्रमा बनेका छन् । नगर विकास समितिले पटकपटक बसपार्क बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको
हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई