२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङका एक युवकद्वारा वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन

९ मंसिर २०७२, बुधबार ०२:३८

मंसिर ९, लमजुङ । देश इन्धन र खाना
पकाउने ग्यासको चरम अभावमा रहेका बेला लमजुंगको एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गरेका
छन् ।

लमजुंगको करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५
वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा
प्रयोग गरी ग्यास उत्पादन गरेका हुन् ।

ग्यास उत्पादनमा सफल
भएको भन्दै रदी भन्छन्( ‘मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले बजारमा पाइने खाना पकाउने ग्यासको
जस्तै काम गर्न सक्छ, मेरो कामको विश्वास लाग्छ भने लगानी गर्ने उद्देश्यले कसैले लगानी गरी सहयोग गरेमा
म लमजुङमा नै ग्यासको सफल उत्पादन गर्न सक्छु, मैले उत्पादन गरेको ग्यासलाई अझै प्रशोधन र परिमार्जन
गर्न आवश्यक छ, सरकारले सहयोग गरे यहाँ आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिन्छ ।’

हाल उत्पादन भएको ग्यासलाई खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरमा
जम्मा गर्दै परीक्षण गरेका उनले प्रारम्भिक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परीक्षण भएको र
अब सरकारले साथ दिएमा दिलोज्यानले लागेर उत्पादन गर्ने सोचमा रहेको उनले बताए ।
एक लिटर बाँसको पानी,
खिर्रोको चोप र सालको धुलो एक/एक सय ग्राम, एक पोका सोडा र एक लि प्रशोधित पानी मिसाएर मज्जाले घुलन
गर्दा आधा किलो खाना पकाउने ग्यास उत्पादन गर्न सकिन्छ ।

सामान्य परिवारमा जन्मिएका मियाले सँगसँगै अल्ट्रालाइटसमेत निर्माण गरेका छन् । यसअघि बनाइएको
अल्ट्रालाइटले सफल उडान भर्न नसकेपछि अलि सानो खालको अल्ट्रालाइटको निर्माणमा आफू जुटेको जानकारी दिए

गाउँमा नै उडान भर्ने क्रममा मैदान सानो भएकाले
अल्ट्रालाइटलाई रन वे नपुगेका कारण उडान सफल नभएको उनको भनाइ छ । युवा तथा खेलकुद मन्त्रालयले विज्ञान र
प्रविधिको क्षेत्रमा सहयोग गरेको भन्दै रदीलाई गत असार २१ गते रु ५० हजार राशिको ‘युवा प्रतिभा
पुरस्कार’समेत प्रदान गरेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ