2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वित्तिय साक्षरता कक्षाले बचत गर्न सिकायो

डिल्लीराज रावत/पुस ७, सल्यान । दमाचौर ७ अत्तरकाँडामा वित्तिय साक्षरता कक्षा लिइसकेपछि त्यहाँका स्थानियहरुले नयाँ कुरा सिकेका छन ।

कमाइ पछि खर्च अनि बचेकोलाई राख्ने उनिहरु अव आफ्नो कमाइ पछि बचत गरेर मात्रै खर्च गर्ने भन्नेबारे राम्ररी सिकेका हुन । अव उनिहरुले आफ्नो कमाईको केहि भाग बचत गरेर मात्रै खर्च गर्नेकुराको जानकारी आफुमा आएको बताएका छन । 

पाथिभरा कृषक समूहको रुपमा संगठित उनिहरुलाई पहलले बैकल्पिक जिविको पार्जन अन्तरगत वित्तिय साक्षरता कक्षा दिएको हो । 

२६ दिन सम्म चलेको साक्षरता कक्षा लिइसकेकपछि उनिहरुले कमाइ भनेको के हो ?, खर्च कसरी गर्ने ? फजुल खर्च कस्तो हुदो रहेछ ? आफ्नो आवश्यकतामा कुन चिज छ ? भन्नेबारे राम्ररी जानेका छन । 

वित्तिय साक्षरता कक्षा लिइसकेपछि दमाचौर ७ कै रेशम बुढाले ऋण लिदा के काममा लिने हो ? ऋण लिएको रकमले के गरेपछि फाइदा दिन्छ ? समयमा व्याज नबुझाए के हुन्छ ? भन्ने बारेमा पनि जानकारी पाएको बताएका छन । जिवनमा आफुहरुले सधै कमाउने अनि खर्च मात्रै गर्ने भएकाले गरिव हुनुपरेको भन्नेमा पनि उनिहरु जानकार बनेका छन । कमाएपछि बचत पहिला हुनुपर्ने उनिहरुको भनाइ छ । 

तालिममा सहभागि भएकी सीता राना पनि वित्तिय साक्षरता कक्षामा वचत, आम्दानी, खर्च कुन कुरामा पैसाबाट कसरी पैसा कमाउने भन्दै आफुले कमाएर बचाएको पैसाले बुढेसकाल र भविष्यमा काम दिने रहेछ भन्ने बारे बुझेको बताइन । ऋण धेरै लिएपछि के हुन्छ र कति लिनुपर्छ अनि लिएको ऋण कहाँ लगाउनुपर्छ भन्नेबारे आफुहरुलाई राम्ररी जानकारी भएको उनले बताइन । 

२६ दिनसम्म साक्षरता कक्षा लिइसकेपछि सहभागिहरुले आफ्ना कुरा निर्धक्क राख्न सकेको वित्तिय साक्षरता कक्षाका लागि खटिएकि तारा खड्काले जानकारी दिएकि छन ।  

साक्षरता कक्षामा अन्य व्यवसाय गरी बैदेशिक रोजगारलाइ कसरी कम गर्न सकिन्छ र गएपनि कुन माध्यामबाट सजिलो हुन्छ भन्नेबारेमा पनि सचेतना गराइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ