Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटले निर्माण गरेको शौचालय हस्तान्तरण

२०७३, १७ पुष आईतवार १२:०५

शिवा डांगी, पुस १७, सल्यान । सल्यान धनवाङको कपुरकोट सेवा केन्द्र भित्र निर्माण भएको सार्वजनीक सौचालय व्यवस्थापन र सञ्चालनका लागी गाविसलाइ हस्तान्तरण गरिएको छ । आज आइतबार एक कार्यक्रमका विच धनवाङ गाउँ विकास समितीलाइ शौचालय हस्तान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सल्यानको सहयोगमा सामुदायीक रेडियो, रेडियो कपुरकोट सल्यानले निर्माण गरेको दुइ कोठे पक्की शौचालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख शिव प्रसाद देवकोटाले गाविस सचिव टुकाराम ओलिलाइ हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले शौचालय निर्माण भन्दा त्यसको व्यवस्थापन र संचालनको समस्या हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले भने– ‘सार्वजनीक सौचालयको सञ्चालनका लागी चुनौती हुने गरेको छ, पानीको व्यवस्था, सरसफाइ लगाएतका कामका लागी एक जना व्यक्तिको आवश्यकता पर्ने गर्छ, यसमा स्थानीय तहबाटै पहल हुनुपर्छ ।’

धनवाङका अलाबा सिनवाङ, रिम, गर्पा तथा फालावाङ, छिमेकी जिल्लाका केहि गाविसका सेवाग्राहि समेत कपुरकोट सेवा केन्द्रमा आउने भएकाले शौचालयको खाँचो रहेको थियो । र रेडियो कपुरकोटले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सल्यानको २ लाख ३७ हजार, जनश्रमदान ५९ हजार २ सय ५०, गाविसको प्राविधिक सहयोग गरि जम्मा २ लाख ९६ हजार २ सय ५० को लागतमा शौचालय निर्माण भएको हो ।

गाविस सचिव ओलिको प्रमुख आतीथ्यता र डिभिजन प्रमुख देवकोटाको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा डिभिजन कार्यालयका इन्जीनियर डिलाराम श्रेष्ठ, एमाले सल्यानका उप सचिव भिम बहादुर सेन, काग्रेस जिल्ला सदस्य चन्द्र प्रकाश बुढा, गाविसमा क्रियाशिल दल काग्रेसका मिन बहादुर सेन, एमालेका चित्र बहादुर थापा, माओवादी केन्द्रका खड्क सिंह ठकुरि, स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्र सेन, पशु सेवा कार्यालयका प्रमुख कमल कुशुम आचार्य, कृषि सेवा केन्द्रका टिका राइ, रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम लगाएतकाको उपस्थीती थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर के सीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै