"माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै "/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘माैरीपालन ब्यावसाय गरौँ, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याऔं ‘

२०७३, २४ पुष आईतवार १५:१०

"माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै भन्ने नारालाई मार्गदर्शन मानेर व्यवसायिक बनाै र राष्ट्र निर्माणमा सहयाेग पुर्याउँ " भन्ने मुल मन्त्रलाई मनन गर्दै, नेपाल सरकारकाे २० बर्षे दिर्घकालिन कृषि बिकास याेजनामा माैरीपालन क्षेत्र प्राथमिकतामा रहेकाे, त्यस्तै नेपाल एकीकृत व्यापार रणनिती २०१० काे निर्यात जन्य ७ वटा कृषि उपज मध्ये मह पनि सुचिकृत भएकाे, कृषिजन्य ब्यवसायकाे तालिम सञ्चालन गर्नु वर्तमान समयकाे माग एवमं अावश्यकता हाे । समाबेशीका हिसावले सबै धर्म,सम्प्रदाय, जातजाती, वर्ग, लिङ्ग, शिक्षित, अशिक्षित जुन उमेरका मानिसले पनि याे व्यावसाय सजिलै अपनाउन सक्ने साथै यसकाे उपज मह सबै धर्म, सम्प्रदाय, जात,जाती, वर्ग, लिङ्ग, शिक्षित, अशिक्षित, जुनसुकै उमेरका मानिसका धार्मिक एवमं पितृ कार्यमा पनि अनिवार्य मानिन्छ ।

मानव स्वास्थ्यका लागि माैरी उपज निले पनि ठिक, दले पनि ठिक र माैरीले चिले पनि ठिक, त्यस्तै मह प्रकृतीकाे उपहार, सर्वाेत्कृष्ट अाहार, पंचामृत भित्रकाे अमृत, पुनर्याेवनदायी भाेजन एवमं पाेषण र शक्तिकाे उत्तम स्राेतकाे श्रेणीमा पर्ने कुरा धार्मिक, अायुर्वेर्दिक ग्रन्थहरु देखि हालका विज्ञ विषेशज्ञहरुकाे अनुसन्धानले पनि पुष्टि पारिसकेकाे छ । व्यवसायिक हिसावले सुन्तला सुन र माैरीपालन हिराकाे रुपमा लिईन्छ , जुन व्यावसाय अपनाउदा प्राकृतिक संरचनामा कुनै पनि किसिमकाे खलल पुग्दैन, बरु प्राकृतिक संरचनामा रहेका बनस्पति बाेटबिरुवाकाे (माैरी बचरित हुदा) वंश संरक्षण हुने जैविक एवमं प्राकृतिक विज्ञहरुकाे अनुसन्धानले प्रष्ट पारिसकेकाे छ ।

माैरीपालन गर्दा जैविक विविधताकाे संरक्षण साथै लाेप हुने अवस्थामा पुगेका वनस्पति एवमं बालिनालीकाे उचित परागसेचन हुन गई वंश कायम रहने, प्रकृतिमा खेर गईरहेकाे पुष्परस, पराग तथा चाेप संकलनद्वारा माैरीजन्य उपज उब्जाई नियमित विक्रि बितरण गर्न सक्दा माैरीपालक किसानकाे अार्थिक स्तर एवमं देशकाे अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउन सक्ने तथा यश व्यावसायमा कुनैपनि कच्चा पदार्थ वाहिरीमुलुकबाट  अायत तथा खरिद गर्नु नपर्ने भएकाे हुदाँ वेराजगार युवाहरुकाे स्वराेजगारी एवमं अार्थिक उन्नतिका लागि प्रशस्त संभावनाहरु रहेकाे, यस व्यवसाय हाल नेपालमा दिनानुदिन लाेकप्रिय बन्दाे छ । वि•सं• २०५० साल पछिबाट शुरु भएकाे याे ब्यावसाय समशिताेष्ण जलवायु कै कारण नेपाल अति उर्वर मानिन्छ । हाल नेपालमा हजाराै माैरीपालक कृषकहरु रहेका छन्  जसकाे अार्थिक उत्पादन करिव १२०० मेट्रिक टन भन्दा बढी रहेकाे छ । याे उत्पादनलाई बढाएर २०/३० हजार मेट्रिक टन सम्म उत्पादन गर्न सकिने सम्भावना रहेकाे देखिन्छ । विश्व जनसमुदायकाे उच्च मागकाे रुपमा रहेकाे  अर्गानिक (जैविक) मह नेपालमा प्रशस्त उत्पादन गर्न सकिने र निर्यातकाे प्रबल सम्भावना समेत भएकाले पनि यश ब्यावसाय प्रति बेराेजगार युवा जनशक्तिकाे ध्यानाकर्षण गर्नु, गराउनु पर्ने टड्काराे अावश्यकता देखेर नै माैरीपालन सम्वन्धि तालिम  संचालन गरि व्यनवसायिक रुपमा माैरीपालन व्यावसाय गर्न थालिएकाे हाे ।    

मुख रहे मुलुक पाईन्छ, स्वस्थ रहे जिउन पाईन्छ भन्ने भनाई छ, तसर्थ गराै सधै मह सेवन, बनाअाै  स्वस्थ दिर्ध जीवन अाफ्नाे स्वास्थ्य अाफ्नाे हातमा, शुद्ध मह सधै साथमा जसले जस्ताे अाहार बिहार गर्छ, उसकाे त्यस्तै किसिमकाे अानिबानी, साेचबिचार, मनस्थिती हुन्छ भन्ने धार्मिक विस्वास अनि विज्ञान( मनाेचिकित्सक, प्राकृतिक चिकित्सक, पाेषण विद अादिहरु) काे प्रमाणित तथ्यहरुले प्रष्ट पारी पाेषण र शक्तिकाे उत्तम स्राेत मह दैनिक सेवन गरि रहे शारिरीक स्वास्थतामा मात्र हैन कि मानसिक र बाैद्धिक स्वस्थता र बिकासमा पनि महत्वपुर्ण याेगदान पुग्ने कुरातिर ध्यानदिनु पर्ने पाे हाे कि ?

"पालाै माैरी हुन धनी,

देशकाे अर्थतन्त्र सुध्रन्छ अनि !

हरियाे वन नेपालकाे धन,

माैलाए माैरी उर्लन्छ झन !!"

#मेघराज पाण्डेबाट प्राप्त

(उहाँ ऐरावती सानाकिसान बहुउध्यशिय सहकारी संस्था ढुङ्गेगदी ३ बड्डडाडा प्युठानमा  कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा