Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यी हुन् – १२ रोपनी बाँझो जमिन हरियाली बनाँउने मेहनती युवा

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

होम साउद | पुस २४, अछाम | एक वर्ष अगि जयगढमा ब्यापार गर्ने कालिका गाविस वडानम्वर १ का गोविन्द रावलको दैनीकि हिजो आज आफ्नै तरकारी बारीमा बित्छ । ब्यापार छोडर तरकारी खेतीमा लागेका रावल कृषि पेशावाटै पनि केही गर्न सकिने अठोट गरेर तरकारी खेतीमा लागेका हुन ।

आफ्नो ३/४ रोपनी जग्गामा बिगत देखीनै तरकारी खेती गरिरहेका गोविन्द र उनकी श्रीमतीले यो वर्षवाट थप १२ रोपनी बाँझो जग्गा लिजमा लिएर तरकारी खेती गरेका हुन । उनले घर नजिकै रहेको १२ रोपनी बाँझो जग्गा वर्षमा एक कुईन्टल चामल र एक कुईन्टल गहुं जग्गावालालाई दिने गरी ५ वर्षको सम्झौता गरेका छन ।

रावलले जग्गालाई खनजोत गरि बिभिन्न जातका तरकारी रोपेर हरियाली बनाएका छन । बिगतका वर्षहरुमा बाँझो चौर रहेको उक्त १२ रोपनी बाँझो जग्गा हरियाली बनाएका रावलले भने “बाँझो जग्गा खेती गर्न लायक बनाँउन २०/२२ पटक खनजोत गरे, एक महिना लगाएर खनजोत गरी तरकारी खेती गरेको छुं राम्रै उत्पादन हुने विश्वास छ ।” उनले उक्त जग्गामा आलुको बिउ मात्रै ५ कुईन्टल लगाएका छन भने आफ्नो ३ रोपनीमा टमाटर खेती गरेका छन । यस्तै उनको बारीमा बन्दा, मुला, प्याज, लसुन, धनीयाँ, केराउ प्रसस्तै लगाईएको छ । रावलले बारिभित्रै सिंचाई पोखरी पनि निर्माण गरेका छन ।

एकै पटक ठुलो परिणाममा तरकारी खेती गरेका रावलले ४ कुईन्टल उन्नत जातको आलुको बिउ जिल्ला कृषि विकास कार्यालयवाट ५० प्रतिशत मुल्य अनुदानमा लिएका हुन भने ४० केजी मालिका विकास संघको दीगो कृषि विकास परियोजनार ६० केजी दलित सेवा संघ नामक संस्थावाट अनुदानमा लिएका हुन । “पहिला पनि तरकारी वाट घरखर्च र छोराछोरीको पढाई खर्च धानेकै थियो तर यसपाली ब्यापारको भन्दा पनि राम्रै होला भन्ने अनुमान छ” रावलले भने ।

गोविन्दलाई उनकी श्रीमती पार्वती रावलले पनि निरन्तर सघाईरहेकी छन । श्रीमानको अन्य काम भएका बेलामा उनी एक्लैले पनि बारीमा काम गर्नुपर्छ । बिहान देखी साँझसम्म रावल दम्पतीको समय तरकारी बारीमै बित्छ । रावल दम्पतीले एक छोारलाई काठमाण्डौमा साईन्स पढाईरहेका छन भने एक छोरा धनगढीमा पढ्ने गर्दछन । उनिहरुको पढाई खर्च पनि तरकारी ब्यावसायवाटै बेहोर्ने गरिएको छ ।

गाँउमै नमूनाको रुपमा तरकारी ब्यावसाय गरीरहेका तिं युवाको मेहनत देखेर अन्य युवाहरु पनि हौसिएका छन । पछिल्लो समय कालिका सहित दर्ना, बरदादेवी लगायतका गाविसमा तरकारी खेतीतर्फ युवा तथा महिलाहरुको आर्कषण बढेको छ । यहाँका कृषकहरुलाई मालिका विकास संघको दीगो कृषि विकास परियोजनाले पनि तरकारीका बिउ, मसलाजन्य कृषि बस्तुको बिउ बिजन अनुदानमा उपलब्ध गराई ब्यावसायिक तरकारी खेती गर्न प्रोत्साहन गरिरहेको छ । ३ वटै गाविसमा ७० जनाका दरले अगुवा कृषक पनि तयार भएका छन भने सामान्य तरकारी खेती गरेर बिक्रि तथा उपभोग गर्ने कृषकको संख्या पनि धेरै रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय अछामवाट युवा लक्षीत ब्यावसायिक तरकारी उत्पादन कार्यक्रम मार्फत पनि उनले गत वर्ष सहयोग पाईसकेका छन । ब्यावसायिक तरकारी उत्पादका लागि प्राविधिक ज्ञान सीप भए अझैं राम्रो गर्न सकिने रावलको बिश्वास छ । नेतालाई र राज्यलाई गाली गर्दै रोजगारीको खोजीमा भौंतारीने युवाहरुलाई आफ्नै बारीमा कृषि उत्पादन गरि बिक्रि गर्दा पनि आत्मनिर्भर बन्न सकिने रावलको सुझाव छ ।

माथिको तश्विरहरुमा: तरकारी बारीमा गोविन्द रावल, उनको तरकारी खेती र बाँझो जमिन