पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामा"/>

2026-07-11 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिसी क्यामराको सहायताले डाका पक्राउ

2017-01-11

पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । 

शेखलाई काठमाडौँबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ । यस्तै, सो डकैती गर्ने घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको बोहोराले जानकारी दिए ।

सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सिसी क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनौट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, डकैती गर्न शेखलाई रामनाथ शाहाले पनि सघाएका थिए। पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सातजनाका लागि बुक गरेको र शेखले खबर गरेपछि विहारबाट विआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए। होटल सञ्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराई बिहान ३ बजे होटलबाट डाकाको समूह निक्लिएको थियो ।

होटलबाट निक्लिएका डाकाले ९ मिनेटको समयमा शाह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए । सिसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नं बजार हुँदै उनीहरु ट्राफिक पोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए। डकैती गर्न सफल डाका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्ने क्रममा विवाद भएको र छोरालाई विदेश पठाउने क्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

शेख सिन्धुली आउँदा सेतो लामो दारी पालेको र डकैती गरिसकेपछि दारी छोटो बनाई कलर गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । प्रहरीलाई नै चिन्न अप्ठेरो पर्ने गरी कलर गरेका शेखलाई पक्राउ गरिएपछि अरू फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए । डाका समूहले भारतको विहारदेखि आएर शाह आयरनको सटर फोरी नगद र समान डकैती गरी लगेका थिए ।

सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सिसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ । सिन्धुलीमा भारतदेखि आएर डाकाले डकैती गरेको यो पहिलो घटना हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट