2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केन्द्रबाट औषधि आपूर्ति नगर्दा सल्यानका स्वास्थ्य संस्थामा समस्या

माघ २१, सल्यान । सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएको हो । 

“सरकारले निःशुल्करुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । केन्द्र र क्षेत्रबाट आउने औषधि विगत दुई वर्षदेखि अनियमित भएको छ”, जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भन्नुभयो । 

केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औषधिको अभाव हुन नदिने जनस्वास्थ्य प्रमुख डा रावलले जानकारी दिनुभयो । “हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकोमा सोको टेन्डर पनि भइसकेको छ”, रावलले भन्नुभयो । आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको त्यसपछि के हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने रावलले जानकारी दिनुभयो । 

सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधि पाउनबाट सर्वसाधारण वञ्चित हुनुनपरोस् भनेर आफूले सक्दो प्रयास गरेको रावलले जानकारी दिनुभयो । “जिल्लामा औषधि अभाव हुन नदिन संस्थागत तथा व्यक्तिगत रुपमा प्रयास गरेको छु, जसको परिणामस्वरुप थप रकम प्राप्त भएको छ”, रावलले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल