माघ २३, सल्यान | पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । 

कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, सल्यान | पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । 

कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्च"/>

2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा भालु आतङ्क, स्थानीयवासी त्रसित

माघ २३, सल्यान | पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । 

कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर गाविसका एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीयवासी वीरबहादुर वलीले जानकारी दिनुभयो । 

“साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ । भालुले गाउँमा आतङ्क मच्चाउन थालेपछि हामीहरु त्रसित छौँ”, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भन्नुभयो । 

भालुले गाउँमा आएर मौरीका घारमा पसेर खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । तीन महिनादेखि भालुले आतङ्क फैलाएपछि मानिस मेलापात, जङ्गल जान छाडेको लक्ष्मीपुर–१ का नारायण खत्रीले जानकारी दिनुभयो । 

“जङ्गलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाई समेत लखेट्न थालेको छ”, खत्रीले भन्नुभयो । भालुले सताउन थालेपछि ५ बजे नै गाउँघर सुनसान हुन थालेको छ । जङ्गलमा खानेकुरा कम हुन थालेपछि भालु गाउँघरमा पस्न थालेको निगाल्चुला–४ का गोविन्द डाँगीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल