टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मच"/>

2026-10-29 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला बिकास समिति डोल्पामा तालाबन्दि, कर्मचारि आन्दोलनले दैनिक काम प्रभाबित

टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मचारि भन्दा तल्लो तहमा राखेर बिभेदकारि समायोजन निति ल्याउन लागेको भन्दै आज दिन भर जिल्ला बिकास समितिको कार्यालयमा काम ठप्प पारेका छन । 

स्थानिय निकायका कर्मचारिहरुको सँगठनको आह्वानमा देश भरका जिल्ला बिकास समिति,महानगरपालिका,उपमहानगरपालिका र नगरपालिका कर्मचारिहरु आन्दोलनमा उत्रिए पछि दैनिक कामहरु प्रभाबित भएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । कर्मचारिको मागलाइ मध्यजनर गर्दै भोली पनि ताला नँ खोलीए जिल्ला प्रशासन र सबैसँग बसेर छलफल गरि ताला खोलेर जनताको काममा बाधा आउन नँदिने पनि स्थानिय बिकास अधिकारि मिश्रले बताउनु भयो । 

बिकासमा प्रत्यक्ष रुपमा सरोकार राख्ने जिल्ला बिकास समितिका कर्मचारिले कार्यालयमा ताला बन्दी गरि चरण बद्ध आन्दोलनमा उत्रिए पछि जनताको काम प्रभाबित भएको र सँस्था नबिकरणका लागि तिन दिनको पैदल यात्रा गरि सदरमुकाम आउनु भएका राज बहादुर थापाले दुखेसो पोख्दै भन्नु भयो त्यति टाढाबाट कामको लागि आएको आजै कर्मचारि आन्दोलनमा रहेछन म सदरमूकाम आएको कुनै अर्थ भएन आउन जान कठिन छ धेरै काम लिएर आउछौ तर यता कर्मचारिले अनिश्चित आन्दोेलन गरे पछि आफुले कुनै मेसो नपाएको थापाले दुखेसो पोख्नु भयो । 

स्थानिय निकायका कर्मचारिहरुले सोमबार स्थानिय बिकास अधिकारि,नगरपालिकाका अधिकृत,जिल्ला इन्जीनियर,निजमति कर्मचारि र गाविस सचिवहरुलाइ कार्यालयमा प्रबेश गर्न नँदिने यस भन्दा पहिले स्थानिय बिकास मन्त्री,मूख्य सचिव लगायतलाइ ज्ञापन पत्र बुझाएर ध्यानाकार्षण गराउदा पनि मागको सुनुवाइ नँभए पछि आन्दोलमा नै जानु परेको जिल्ला बिकास समिति डोल्पाकी कार्यक्रम अधिकृत दन्ता न्यौपानेले बताउनु भयो ।

आन्दोलनरत कर्मचारि यूनियनका सँगठनले स्थानिय तहका नयाँ सरचानमा स्थानिय तहका कर्मचारिहरुलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने,समायेजनाका क्रममा थप कर्मचारिहरु निजामति सेवाबाट पठाउनु पर्ने,जिविस सभापति,नगर प्रमूख,गाविस सचिवहरु निजामतिबाट लिने गरेकोले त्यो ब्यवस्था खारेज गरि स्थानिय तहमा दुइ प्रकारका कर्मचारि सँयन्त्रको अन्तय गर्नु पर्ने स्थानिय तहका कर्मचारि पनि लोकसेवाको जस्तै स्थानिय स्वायत्त साशन एन अनुरुप सेवा पास गरेर आएको भएको कारण यस्तो बिभेदकारि निति स्वीकार्य नँभएको स्थानिय तहका कर्मचारिहरुको माग रहेको छ । 

यसरि स्थानिय निकायका कर्मचारिले ताला बन्दी र आन्दोलन गर्न थाले पछि डोल्पा जिल्लाका २४ औँ जिल्ला परिषद समेत प्रभाबित हुने र डोल्पा जिल्लाका बिकासमा समेत ठुलो असर पर्ने भएकोले सहमतिको बाटो खोजेर ताला खोलेर आन्दोलन फिर्ता लिन नागरिक समाज डोल्पाले आग्रह गरेको छ । बिकासको तालु कार्यालयका कर्मचारिहरुले आन्दालेन थाले पछि जनतालाइ दिने सेवा प्रबाह पूर्ण रुपमा प्रभाबित भएको छ । कर्मचारिहरुको माग आफना हकहितको लागि जायज भएको तर शान्तीपूर्ण आन्दोलनमा लागेर आफना माग पूरा गराइ दैनिक जनातका काम नरोक्न पनि नगारि समाज डोाल्पाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने