टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मच"/>

2026-09-03 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला बिकास समिति डोल्पामा तालाबन्दि, कर्मचारि आन्दोलनले दैनिक काम प्रभाबित

टेक शाही | फागुन १, डोल्पा | जिल्ला बिकास समिति डोल्पाको कार्यालयमा ताला बन्दि गरिएको छ । जिल्ला बिकास समिति डोल्पाका कर्मचारिहरुले स्थानिय निकायका कर्मचारिलाइ निजामति कर्मचारि भन्दा तल्लो तहमा राखेर बिभेदकारि समायोजन निति ल्याउन लागेको भन्दै आज दिन भर जिल्ला बिकास समितिको कार्यालयमा काम ठप्प पारेका छन । 

स्थानिय निकायका कर्मचारिहरुको सँगठनको आह्वानमा देश भरका जिल्ला बिकास समिति,महानगरपालिका,उपमहानगरपालिका र नगरपालिका कर्मचारिहरु आन्दोलनमा उत्रिए पछि दैनिक कामहरु प्रभाबित भएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । कर्मचारिको मागलाइ मध्यजनर गर्दै भोली पनि ताला नँ खोलीए जिल्ला प्रशासन र सबैसँग बसेर छलफल गरि ताला खोलेर जनताको काममा बाधा आउन नँदिने पनि स्थानिय बिकास अधिकारि मिश्रले बताउनु भयो । 

बिकासमा प्रत्यक्ष रुपमा सरोकार राख्ने जिल्ला बिकास समितिका कर्मचारिले कार्यालयमा ताला बन्दी गरि चरण बद्ध आन्दोलनमा उत्रिए पछि जनताको काम प्रभाबित भएको र सँस्था नबिकरणका लागि तिन दिनको पैदल यात्रा गरि सदरमुकाम आउनु भएका राज बहादुर थापाले दुखेसो पोख्दै भन्नु भयो त्यति टाढाबाट कामको लागि आएको आजै कर्मचारि आन्दोलनमा रहेछन म सदरमूकाम आएको कुनै अर्थ भएन आउन जान कठिन छ धेरै काम लिएर आउछौ तर यता कर्मचारिले अनिश्चित आन्दोेलन गरे पछि आफुले कुनै मेसो नपाएको थापाले दुखेसो पोख्नु भयो । 

स्थानिय निकायका कर्मचारिहरुले सोमबार स्थानिय बिकास अधिकारि,नगरपालिकाका अधिकृत,जिल्ला इन्जीनियर,निजमति कर्मचारि र गाविस सचिवहरुलाइ कार्यालयमा प्रबेश गर्न नँदिने यस भन्दा पहिले स्थानिय बिकास मन्त्री,मूख्य सचिव लगायतलाइ ज्ञापन पत्र बुझाएर ध्यानाकार्षण गराउदा पनि मागको सुनुवाइ नँभए पछि आन्दोलमा नै जानु परेको जिल्ला बिकास समिति डोल्पाकी कार्यक्रम अधिकृत दन्ता न्यौपानेले बताउनु भयो ।

आन्दोलनरत कर्मचारि यूनियनका सँगठनले स्थानिय तहका नयाँ सरचानमा स्थानिय तहका कर्मचारिहरुलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने,समायेजनाका क्रममा थप कर्मचारिहरु निजामति सेवाबाट पठाउनु पर्ने,जिविस सभापति,नगर प्रमूख,गाविस सचिवहरु निजामतिबाट लिने गरेकोले त्यो ब्यवस्था खारेज गरि स्थानिय तहमा दुइ प्रकारका कर्मचारि सँयन्त्रको अन्तय गर्नु पर्ने स्थानिय तहका कर्मचारि पनि लोकसेवाको जस्तै स्थानिय स्वायत्त साशन एन अनुरुप सेवा पास गरेर आएको भएको कारण यस्तो बिभेदकारि निति स्वीकार्य नँभएको स्थानिय तहका कर्मचारिहरुको माग रहेको छ । 

यसरि स्थानिय निकायका कर्मचारिले ताला बन्दी र आन्दोलन गर्न थाले पछि डोल्पा जिल्लाका २४ औँ जिल्ला परिषद समेत प्रभाबित हुने र डोल्पा जिल्लाका बिकासमा समेत ठुलो असर पर्ने भएकोले सहमतिको बाटो खोजेर ताला खोलेर आन्दोलन फिर्ता लिन नागरिक समाज डोल्पाले आग्रह गरेको छ । बिकासको तालु कार्यालयका कर्मचारिहरुले आन्दालेन थाले पछि जनतालाइ दिने सेवा प्रबाह पूर्ण रुपमा प्रभाबित भएको छ । कर्मचारिहरुको माग आफना हकहितको लागि जायज भएको तर शान्तीपूर्ण आन्दोलनमा लागेर आफना माग पूरा गराइ दैनिक जनातका काम नरोक्न पनि नगारि समाज डोाल्पाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही