फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मना"/>

2026-09-14 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा चैतलो नाँच सुरु


फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मनाइने चैतलो नाच नाच्न शुरु भएको हो । सबै महिला विषेश प्रकारको पोषाकमा सजिएका महिलाले चैतालो नाच सिमकोटको चौपाणी र ठेहेको भुवाखाडामा नाचिरहेका छन । 

स्थानीय विवाहित महिलाले आफना श्रीमानको दिघार्यू र घरका सबैको सुस्वास्थ्यको कामना गर्दे हिजो बिहान देखि चैतलो रानीको भेषमा उक्त नाच नाचिरेको सिमकोटकी स्थानीय अम्मकला रावतले बताएकी छन । रावतले  वर्षको एक पटक घरमा मुली अर्थात श्रीमानको दिर्घायुका लागि यो पर्व परापूर्व काल देखि मनाइने गरिएको छ । 

हरेक वर्ष  फागुन १२ गते देखि शुरु हुने चैतालो नाचका लागि पहेंलो रंगको फरक कपडामा सजिएर सबै महिलाले सामुहकि चैतलो नाच नाचिरहेका छन । हिउँदको समय सकिएर वर्षाको शुरुवातमै वर्षभरी घरमा र गाउँमा राम्रो होस भनेर देवतासँग नाच र गित मार्फत पथना गर्ने पर्वका रुपमा मनाइएको बताएकी सिमकोटकै ६६ वर्षिय अम्मकलाले भनिन “सिमकोट र ठेहेमा नाचिने यो नचामा सबै भन्दा पहिलो स्थानीय स्तरमा मनाईने सबै  देवताको झाक्री सेवा गरेर पछि गाउँका जानमान र आफना श्रीमानको भलाईमा आधारित रहेर चैतलो गित गाउँदै नाच्ने गरिन्छ । यो नाच हुम्लाका २ वटा गाउँमा मात्रै नाचिने गरिन्छ ।” 

फागुनको शुरुवातमै पहेँलो पोसाकमा नाचिने यो नाच नाचेमा रोग, ब्यादी केहीले पनि आक्रमण गर्न नसक्ने भएकाले पनि चैतलोमा सबै महिलाले एकनासको पहेँलो कपडा लागउने गरेको सिमकोट २ की ५५ वर्षिय गुइयाला रावतले बताएकी छन ।

  फगुन १२ गते  देखि शुरु भएको यो नाच नाच्नका विवाहति महिलाले बिहान ५ बजे उठेर नुहाउने र शुरुमा देवताको त्यसपछि श्रीमानका खुट्टामा ढोगेर अन्य मान्यजनको हातबाट टिका थापेर आश्रिवाद लिएपछि खिरको खाना खाने गरएको छ । गुइयाला रावतले बताएकी छन । उनले भनिन ।

विस्तारै आधुनिकताका नाममा परिस्किृत र लोभ हुँदा गएको यो नाचमा गाउने गित र नाचको स्टाइल बिर्सदै गएपछि स्थानीय बुढापाकाले यसको संरक्षणका लागि चिन्ता व्यक्त गरेको ठेहेका प्रकाश सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ