१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

१६ फाल्गुन २०७३, सोमबार ०९:०४

फागुन १६, सिन्धुली । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । 

जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । 

पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ । 

गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो । 

सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन । 

गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो । 

निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयो । उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो । 

सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर