फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगे"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेश्रो गाविसको रुपमा त्रिवेणी गाविस पूर्ण खोप गाविस घोषणा

२२ फाल्गुन २०७३, आईतवार १५:५७


फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगेको छ । त्रिवेणिको लुहाम बजारमा आयोजित एक कार्यक्रमका विच सल्यानका स्थानिय विकास अधिकारि एवम् जिल्ला खोप समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझिले पूर्ण खोप गाविस घोषणा गर्दै त्रिवेणि स्वास्थ्य संस्था व्यवस्थापन समितीका अध्यक्ष गोपाल केसीलाइ हस्तान्तरण गरे ।

 कार्यक्रममा त्रिवेणि स्वास्थ्य चौकीका इन्चार्ज प्रभात कुमार श्रेष्ठले आफ्नो गाविसमा जन्मेदेखि १ वर्ष सम्मका सम्पूर्ण १ सय १४ वालवालिकाले विसिजि, डिपीटी, हेपाटाइटिस बी, दादुरा रुबेला जस्ता एघार प्रकारका खोप पूर्ण रुपमा प्राप्त गरिसकेको जनाए । र आगामी दिनमा पनि त्रिवेणिमा खोप पाउने सुनिश्चीतता रहेको जनाए । 

प्रमुख अतिथीका रुपमा रहेका स्थानीय विकास अधिकारि रायमाझिले कार्यक्रममा बोलदै हरेक प्रकारका रोगहरुबाट बच्नका वालवालिकालाइ समयमै सबै खोप लगाउनुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, ‘आफ्ना वालवालिकालाइ एउटा पनि खोप लगाउन छुटाउनु हुँदैन, किनकी त्यहि खोपको अभावमा उसको जीन्दगी बर्बाद हुन सक्छ ।’ यस्तै कार्यक्रमका विशिष्ट अतिथी जिल्ला स्वास्थ्य प्रमुख एवम् जिल्ला खोप समन्वय समितीका सचिव विमल कुमार श्रेष्ठले सल्यान जिल्लामा पूर्ण खोप घोषणामा केहि पछाडी रहेको जनाउँदै यसलाइ तिब्रता दिनुपर्ने बताए । 

यस्तै परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्य, सामुदायीक रेडियो प्रशारक संघ अकोरावका प्रदेश नम्बर ६ का संदस्य तथा रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम, गाविसमा क्रियाशिल राजनीतीक दलका प्रतिनिधी लगाएतकाले वालवालिकालाइ पूर्ण खोपको महत्वको बारेमा मन्तव्य राखेका थिए । 

सो अवसरमा पूर्ण खोप गाविस घोषणामा सहयोग पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

स्वास्थ्य चौकी इन्चार्ज प्रभात कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ सल्यानका सचिव शंकर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की