२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममै पहिलो पटक १२ हप्ता बढीको सुरक्षित गर्भपतन सेवा

३ चैत्र २०७३, बिहीबार ११:०४

पूर्ण बहादुर खड्का/चैत ३, अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । 

सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यस अघि यो सेवा दिईरहेकोमा बयालपाटा अस्पताल अछाममा पनि पहिलो पटक यो सेवा सुरु भएको हो । अस्पतालका डा. विकास गौचनले आई पास नेपालको सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा संचालित १२ हप्ता भन्दा बढीको गर्भपतन सेवा सम्बन्धि तालिम लिएर सुचिकृत स्वास्थ्यकर्मी भएसंगै अब यो सेवा बयालपाटा अस्पतालमा सुरु गरिएको अस्पताले जनाएको छ ।

१२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा  संचालनमा आएसंगै अछाम लगायतका छिमेकी जिल्लाहरुका बिरामीले सेवा लिन सहज भएको हो । असुरक्षित गर्भपतनको कारणले अछाम जिल्ला सहित सुदूरपश्चमका पहाडी जिल्लाका महिलाहरुले अकालमै गुमाउन परीरहेको थियो अब अछाममै १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु भएपछि यस क्षेत्रका महिलाहरुलाई ठुलो राहत हुने अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भएको छ ।

सेवा सुरु भएपछि अछाम, बाजुरा लगायताका महिलाहरुले हजारौ तिरेर यस्तो सेवा लिन धनगढी वा भारत जानु पर्ने बाध्यता कम भएको अस्पतालका डाक्टर बिकाश गौचनले बताउनु भयो । उहाँले भन्नुभयो अछाममा सुरक्षित गर्भपतन सेवा पूर्ण रुपले निशुल्क भएसंगै गुणस्तरीय पनि हुने भएकोले अब अकालमा महिलाहरुले असुरक्षित गर्भपतनको कारणले ज्यान गुमाउनु पर्ने छैन ।

१२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा २०६० सालबाट सुरु भए पनि सेवा प्रदायकको नियमित उपस्थिति नहुदा बिक्रम सम्बत २०६६ साल बाट मात्र नियमित रुपमा जिल्ला अस्पताल र न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालबाट सेवा प्रदान गर्न सुरु गरिएको थियो ।

१२ हप्तासम्मको लागि आवश्यक सुरक्षित गर्भपतन सेवा जिल्ला अस्पताल, बयालपाटा अस्पताल तथा दुई प्राथमिक स्वास्थ्य केन्द्रहरु कमलबजार र चौरमाडौँ सहति १० वटा स्वासथ्य चौकीहरुमा सम्पूर्ण रुपले निशुल्क उपलब्ध रहेको छ ।

नेपाल सरकारले आर्थिक बर्ष २०७३ र ७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्ण रुपले निशुल्क गर्ने निर्णय गरेसंगै अछाममा पनि यो सेवा निशुल्क रुपमा सुरु गरिएको हो । अझै पनि यो सेवा सहज रुपमा विभिन्न स्वास्थ्य संस्थाबाट पाउने जानकारी नहुदा धेरै महिलाहरुले महँगो शुल्क तिरेर निजि औसधि पसल तथा क्लिनिकहरुबाट औसधि खाएर अपूर्ण गर्भपतन भै धेरै रगत बग्ने समस्या लिएर अस्पतालल आउने गरेकाले सबैले समयमै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सम्र्पक गर्नुपर्ने अस्पतालले आग्रह गरेको छ ।

नेपालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन गर्ने सुचिकृत स्वास्थ्य संस्था सिमित मात्र भएकोले धेरैलाई यो सेवा लिन राजधानी नै धाउनु पर्ने बाध्यता छ । नेपालमा ७ प्रतिशत आमाहरुको ज्यान असुरक्षित गर्वपतनको कारणले गर्दा हुने गरेको छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर ४९ प्रतिशत महिलाहरु असुरक्षित गर्वपतन सेवा लिन बाध्य छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो