2026-06-17 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ बर्षीय किशोरी मध्यरातमा बसभित्र बलात्कृत

2017-04-08

चैत २६, काठमाडौं । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । 

ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी सप्तरीको कञ्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राति बालकुमारी बसपार्कमा रोकिराखेको बसभित्र बलात्कार गरेको प्रहरीले जनाएकोछ ।

राति साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा.१ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् । 

घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले घर पुग्ने बससम्म लगिदिने भन्दै फकाएका थिए । त्यसपछि नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ‘ललाइ-फकाइ गरेर घर पुग्ने बससम्म पुर्याइदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भनेअनुसार गर्दै गइछन्’, प्रहरीले जानकारी दियो ।

मध्यरातमा जबर्जस्ती गरेपछि युवती चिच्याएको र नजिकका मान्छे जम्मा भएपछि सागर फरार भएको पाइएको छ’, ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भन्नुभयो । चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखिएको थियो ।

घटनालगत्तै सागर भागेर सिन्धुपाल्चोक पुगेका थिए । लगनखेल बस्दै आएका ३१ वर्षीय सागर अविवाहित हुन् । ती युवती बालकुमारीमा दाइसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।प्रहरी बसको मालिकमार्फत सागरसम्म पुगेको थियो । पीडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी छ । उनलाई प्रहरीले सिभिनमा राखेको छ । किशोरीका दाइ भने फरार छन् ।

प्रहरीको एक तथ्यांकअनुसार २०६८ देखि चार वर्षको अन्तरमा ललितपुरमा मात्र ६३ वटा बलात्कारका घटना भएका थिए । जसमा दुईवटा सामूहिक बलात्कारका घटना थिए भने एउटा चोरीको क्रममा भएको थियो । 

गत फागुन १५ गते च्यासलमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । गत आर्थिक वर्षमा देशभर एक हजार ८९ वटा जबर्जस्ती करणीका मुद्दा र चार सय ५२ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ