चैत २६, काठमाडौं । थबाङलाई कुनै बेला कम्युनिस्ट ‘गढ’ मानिन्थ्यो । अहिले त्यो यस्तो थलो बनेको छ जसलाई गैरकम्युनिस्ट दलसमेत जमघट गर्न रोज्छन् । पछिल्लो समय कांग्रेस, ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २६, काठमाडौं । थबाङलाई कुनै बेला कम्युनिस्ट ‘गढ’ मानिन्थ्यो । अहिले त्यो यस्तो थलो बनेको छ जसलाई गैरकम्युनिस्ट दलसमेत जमघट गर्न रोज्छन् । पछिल्लो समय कांग्रेस, ए"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थबाङ भयो साझा थलो

२०७३, २६ चैत्र शनिबार ०२:३४

चैत २६, काठमाडौं । थबाङलाई कुनै बेला कम्युनिस्ट ‘गढ’ मानिन्थ्यो । अहिले त्यो यस्तो थलो बनेको छ जसलाई गैरकम्युनिस्ट दलसमेत जमघट गर्न रोज्छन् । पछिल्लो समय कांग्रेस, एमालेले समेत यहीं बैठक गरेका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा लगभग पूर्ण मतदान भएको थबाङमा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ‘शून्य मतदान’ गरियो । त्यसयता निर्वाचनमार्फत स्थानीय जनमत जाँच्ने अर्को अवसर नआए पनि वर्चस्वका हिसाबले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रभाव बढी देखिन्छ । अहिले वातावरण खुकुलो बनेको छ, दलहरू त्यसको उपयोगमा लागिपरेका छन् ।

कांग्रेसलाई फूलमाला

पार्टीको झन्डा बोकेर चैत ६ गते थबाङ पुगेका कांग्रेस कार्यकर्तालाई चन्दका कार्यकर्ताले बाजा बजाएर स्वागत मात्र गरेनन्, अबिर र फूलमाला पहिर्‍याइदिए । त्यही मेसोमा कांग्रेसजनले पार्टीको जिल्ला बैठक त्यहीं गर्न भ्याए । ‘हामीलाई थबाङमा स्वागत गरिएपछि त्यहाँ राजनीतिक बहुविचारको बीजारोपण भएको अनुभूति भयो,’ फर्केपछि कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्यले भने, ‘अब थबाङमा वैचारिक आस्थाका आधारमा कसैमाथि भेदभाव र दमन हुन सक्दैन भन्ने लागेको छ ।’ रोल्पा कांग्रेसका संस्थापकमध्ये एक आचार्यले २००७ सालपछि कांग्रेसले थबाङमा पहिलोपटक उच्च नेतृत्वको उपस्थिति जनाएको बताए । ‘कांग्रेसले सञ्चालन गरेको २००७ सालको क्रान्तिका क्रममा थबाङ कांग्रेसका केही युवा प्रजातान्त्रिक लडाइँमा भाग लिन मुक्ति सेना बनेर राजधानीसम्म पुगेको इतिहास छ,’ उनले भने, ‘कांग्रेसको थबाङ उपस्थितिले त्यसैलाई ब्युँझाइदिएको छ ।’

कांग्रेस जिल्ला सभापति एवं सांसद अमरसिंह पुनमगरको अगुवाइमा पुगेको टोलीले थबाङको समस्या र राजनीतिक उपस्थितिबारे छलफल गरेको थियो । प्रसिद्ध पर्यटकीय स्थल जलजलासमेत निस्फिक्री घुम्दै कांग्रेस कार्यकर्ताले राजनीतिक रूपमा कुनै पनि असहजता महसुस गरेनन् ।

उत्तरी रोल्पामा राजनीतिक गतिविधि प्रभावकारी रूपमा बढाउन नसकेको कांग्रेसले यस क्षेत्रमा लामो समयदेखि राजनीतिक विचार पुर्‍याउन सकेको छैन । ‘थबाङको उपस्थितिलाई उपलब्धिका रूपमा बुझ्नुपर्ने हुन्छ,’ पुनमगरले भने, ‘शान्ति प्रक्रियापछि संगठन विस्तार र विचार फैलाउने अवसर मिलेको छ । पहिलेभन्दा यो सहज अवसर हो ।’

अघिल्ला निर्वाचनका क्रममा कांग्रेस नेता–कार्यकर्तामाथि माओवादी कार्यकर्ताबाट कैयौंपटक आक्रमण भएको थियो । शान्ति प्रक्रियापछि रोल्पामा सञ्चालित विकास योजना थबाङसम्मै पुर्‍याउन सांसद पुनमगरको भूमिका रहेकामा थबाङवासी सकारात्मक देखिन्छन् । थबाङमा गाउँ तहको कार्यसमिति निर्माण गर्ने योजनामा कांग्रेस अघि बढेको छ । प्रायस् लिबाङमै बस्ने थबाङ कांग्रेसका नेता कलम रोका शान्ति प्रक्रियापछि भने गाउँ आवतजावत गर्छन् ।

अघि बढ्यो एमाले

संविधानसभा निर्वाचन ताका थबाङमा सामान्य कार्यक्रमसम्म गर्न सकेको एमालेले चैत २१ मा कार्यकर्ता भेलै गर्‍यो । स्थानीय एमाले नेता हितबहादुर रोकामगरले थबाङमा एमालेको राजनीतिक उपस्थिति बढ्दै गएको दाबी गरे । एमाले जिल्ला कमिटीले पोलिटब्युरो सदस्य एवं संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीमगरको उपस्थितिमा थबाङमा भेला गरेको थियो ।

‘अन्य दुर्गम गाउँमा जस्तै एमाले थबाङ पनि पुगिसकेको छ । अब कहींकतै अवरोध छैन,’ एमाले जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘केही वर्षदेखि थबाङमा पार्टी संगठन क्रियाशील छ । कार्यकर्ताको संख्या वृद्धि हँुदै छ ।’ सुरुमा उपस्थिति मात्र जनाउन सफल एमाले र कांग्रेसलाई स्थानीयबीच राजनीतिक विचार प्रवाह गर्ने अवसर शान्ति प्रक्रियापछि मात्रै मिलेको हो । शान्ति प्रक्रियापछि संगठन विस्तारमा लागेका रोकामगर पूर्वसैनिक हुन् ।

एमाले महिला संगठनकी जिल्ला अध्यक्ष ईश्वरी घर्तीमगर माओवादीको नामबाट चर्चामा रहेको थबाङमा संसदवादी दलको उपस्थितिलाई लोकतान्त्रिक पद्धतिको विकास र विस्तारका रूपमा बुझ्न आग्रह गर्छिन् । ‘एमालेले थबाङमा लोकतान्त्रिक कम्युनिस्टको विचारलाई पुर्‍याउन मुख्य योगदान गरेको छ,’ उनले भनिन्, ‘हामी पनि कम्युनिस्ट हौं, संसदीय प्रणालीप्रति विश्वास गरेर पनि मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो विचारले नेतृत्व गरिरहेको छ ।’ ‘जनताको बहुदलीय जनवाद’ (जबज) को खाँचोबारे थबाङमा पुगेर चर्चा गरेकी सचेतक घर्तीमगरले विगतको माओवादी सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियापछि मुलुकका लागि प्राप्त राजनीतिक उपलब्धिलाई व्यवस्थित गर्दै लैजान थबाङवासीको योगदान र साथ चाहिने बताए ।

पुनः जाग्दै माओवादी केन्द्र

कुनै बेला थबाङी माओवादीको नेतृत्व गर्ने माओवादी केन्द्र अहिले दोस्रो एवं सानो शक्तिका रूपमा देखिन्छ । माओवादी केन्द्रले थबाङमा एकैसाथ दुइटा चुनौती सामना गर्नुपरेको छ । एकातिर संसदीय व्यवस्थाविरुद्ध आन्दोलित चन्द नेतृत्वको नेकपा माओवादीको प्रभाव न्यून गर्नु छ भने अर्कातिर बिस्तारै संगठन विस्तार गर्न पुगेका एमाले–कांग्रेससँग प्रतिस्पर्धामा उत्रनु छ । पहिलेको मुख्य शक्ति माओवादी केन्द्रलाई दोस्रो शक्तिका रूपमा खुम्चिएर राजनीतिक गतिविधि बढाउनु कम्ती चुनौतीपूर्ण छैन ।

पार्टी फुटपछि माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६ वर्षयता थबाङ आएका छैनन् । पहिलोपटक पार्टी फुटपछि एकपटक हेलिकप्टरमार्फत थबाङ पुगेका थिए । माओवादी केन्द्रले थबाङलाई पुनः पकडमा पार्न विभिन्न योजना भने अघि सार्दै आएको छ । स्थानीय तहको निर्वाचनमा जनमत आफ्ना पक्षमा पार्न तथा पार्टीको वर्चस्व पहिले जसरी फिर्ता ल्याउन पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुन कम्तीमा दुईपटक थबाङ पुगिसकेका छन् ।

माओवादी केन्द्रले थबाङमा पार्टीलाई शक्तिशाली बनाउन केन्द्रीय सदस्य तथा पूर्वलडाकु कमान्डर ऋषिकेशव बुढामगरलाई खटाएको छ । माओवादी वर्चस्व बढाउन भित्री गाउँमा समेत लागेका बुढाले पार्टीले कार्यकर्ता बढ्दै गएको दाबी गरे । ‘कार्यकर्ताको संख्या बिस्तारै वृद्धि भएको छ । लोकतान्त्रिक अवस्थाप्रति प्रतिबद्ध कार्यकर्ताले हाम्रो पार्टीलाई छाड्न सक्दैनन्’, उनले भने ।

पञ्चायतकालमा मोहनविक्रम सिंह र मोहन वैद्यलगायतले प्रशिक्षण दिएपछि कम्युनिस्ट पार्टी स्थापना भएको थबाङमा अघिल्लो पुस्ताका कार्यकर्ता भने चन्द नेतृत्वमै छन् । थबाङबारे पार्टीको बैठक र नेतृत्वमा पटकपटक चर्चा हुने गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य पवन कवरले थबाङमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन प्रयास भइरहेको बताए । ‘थबाङ गाउँ पालिकाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले हामीलाई सहयोग गर्छ भन्ने विश्वास छ’, उनले भने ।

चुनावी चहलपहल

उवा र मिरुल गाविस गाभेर मिलाइएको थबाङ गाउँपालिकामा सबै ठूला दलले चुनावी रणनीति अघि सार्न थालेका छन् । विस्तारित थबाङमा आआफ्नो पकड रहेको उनीहरूको दाबी छ । थबाङीले थबाङ एक्लैलाई स्वायत्त क्षेत्र बनाउन माग गरे पनि माओवादी केन्द्रको चासोका कारण थबाङलाई केन्द्र मान्ने गरी उवा र मिरुल गाविसलाई गाभिएको हो । करिब ९ सय ३६ घर परिवार बसोबास गर्ने थबाङको जनसंख्या ४ हजार ३ सय ४७ छ ।

थबाङमा करिब दुई हजार मतदाता छन् । पछिल्लो पटकको कम्युनिस्टको फुटपछि बनेका माओवादी केन्द्र र नेकपाले थबाङमा आफ्नो राजनीतिक एवं सांगठनिक वर्चस्व बढाउन दाउ खेलिरहेका छन् । साथै थबाङमा एमाले, कांग्रेस र जनमोर्चाको समेत संगठन बलियो बन्दै गएको छ । तर, प्रभाव बलियो देखिएको नेकपाले निर्वाचनलाई बहिष्कार गर्ने भन्दै गाउँघरसम्मै पोस्टरिङ समेत गरेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा थबाङमा ‘शून्य मतदान’ गराएर रित्तो मतपेटिका फिर्ता पठाउन भूमिका खेलेको वैद्य नेतृत्वको माओवादीले जस्तै यसपटक के गर्छ भन्ने आशंकाहरू उब्जिएका छन् । थबाङै घर भएका नेकपाका नेता जयप्रकाश रोकाले कम्युनिस्ट पार्टीप्रति विश्वास राख्दै आएको थबाङले कहिल्यै पनि पछि फर्केर नसोचेको दाबी गरे । ‘मुलुकको सुरक्षाका लागि कथित रूपमा गर्ने भनिएको निर्वाचनको कुनै महत्त्व छैन । यसलाई वहिष्कार र खारेजी गर्नुपर्छ । जनता तयार छन् यो गर्न’, उनले भने ।

नेकपाले गएको ५ देखि १० फागुनसम्म भव्य रूपमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गरेको थबाङमा उसले आफ्नो उपस्थितिलाई अझ बाक्ल्याउँदै वर्चस्व बढाउने रणनीति अपनाएको छ । माओवादी हटाएर पार्टीको नाम फेरि कम्युनिस्ट पार्टीहरूबीच ‘एकीकरण’ गर्ने नीति अघि सारेर उसले राष्ट्रवादी शक्तिलाई नजिक ल्याउने योजनासमेत ल्यायो । महाधिवेशनबाट ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशालाई पारित गराएपछि लिबाङको घोषणासभामा बोल्दै महासचिव नेत्रविक्रम चन्दले भनेका थिए, ‘अरू कम्युनिस्ट पार्टीले झैं हामीले निश्चित संस्था र दलगत शक्तिलाई प्रधान शत्रु र मित्रका रूपमा पहिचान गरेका छैनौं । मुलुकको माया भएकासँग हाम्रो सम्पर्क र सम्बन्ध रहनेछ ।’ चन्दले यसो भनेपछि वर्षौंदेखि ‘चेपिएको’ अनुभूति गर्दै आएका स्थानीय गैरकम्युनिस्ट खास गरी लोकतान्त्रिक तथा अन्य कम्युनिस्ट शक्तिहरूले ‘सहज’ महसुस गरेका छन् । यसपछि कम्युनिस्टको ‘लाल किल्ला’ थबाङसम्मको पहुँच विस्तार भएको अनुभूतिसमेत भएको छ । यसैबीच चुनावको संघारमा थबाङमा कांग्रेस र एमालेका राजनीतिक गतिविधिमा वृद्धि भएको हो ।

सँगै विकासपथमा 

शान्ति प्रक्रियापछि थबाङमा सबैभन्दा बढी सडक निर्माणले विकासको ढोका खोलिदिएको हो । सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमार्फत थबाङमा विकासका योजना पुर्‍याइएको हो । थबाङमा अहिलेसम्म सरकारले विकास निर्माणमार्फत अर्बौं बजेट खर्चिसकेको छ । स्थानीयको रोजगार र सामाजिक विकासभन्दा भौतिक विकासमै उक्त बजेट खर्चिएको छ । करिब २० लाखको लगानीमा थबाङ रिङरोड, करिब ३० लाख लगानीको गोजारु–मरन्ठाना–कोइजबाङ सडक, करिब १० लाख लगानीमा सहिदमार्ग–गोलचौर–कन्दे–जाजरकोट सडक चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका छन् । थबाङ गाउँलाई थबाङ खोलाको कटानबाट जोगाउन करिब १ करोडको तटबन्ध योजनासमेत सञ्चालन गरिएको छ । 

यस्तै, चालु आर्थिक वर्षमै बाहिरबाट थबाङ भित्रिने सडक ४ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको सहिदमार्ग–थबाङ सडकको ट्रयाक खन्ने काम सकिएको छ । थबाङ भित्रबाट बाहिरतिर जान करिब १ करोड ६० लाख लगानीमा थबाङदेखि सुलीचौरतिरको सडक निर्माण भइरहेको छ । यस्तै, छेर्लोबाङमा स्थानीयले आफ्नै लगानीमा करिब डेढ किलोमिटर सामुदायिक सडकसमेत निर्माण गरेका छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ