चैत २७, काठमाडौ । सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

पछिल्लो समय नेपाल दूरसञ्चार प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २७, काठमाडौ । सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

पछिल्लो समय नेपाल दूरसञ्चार प्र"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेट विस्तारमा १५ अर्ब:‘सूचनाको महामार्ग’ बनाउने तयारी

२०७३, २७ चैत्र आईतवार ०२:२२


चैत २७, काठमाडौ । सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहँच बढाउने कामलाई तीव्रता दिएको छ । प्राधिकरणमार्फत आगामी दुई वर्ष भित्रमै करिब १५ अर्ब रुपैयाँ इन्टरनेटमार्फत सूचना पहुँच विस्तारमा खर्च हुने भएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसाबाटै मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउने गरी काम अगाडि बढाइरहेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचना महामार्ग बनाउन दुई चरणको ठेक्का भएसकेको जानकारी दिए । अब एक चरणको ठेक्का बाँकी छ । ७५ वटै जिल्ला सदुमुकाम जोड्ने सूचना महामागको पूर्वाधारबाट हरेक सामुदायिक विद्यालय, स्वास्थ्यचौकी र गाविसमा इन्टरनेट पुग्नेछ ।

प्राधिकरणे पहिलो चरणमा १ देखि ३ नम्बर प्रदेशसम्मको ठेक्का नेपाल टेलिकमलाई दिएको छ । टेलिकमले करिब पौने पाँच अर्ब रुपैयाँ खर्च गरेर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम अगाडि बढाइ सकेको छ । टेलिकमले ताप्लेजुङको चियो भञ्ज्याङदेखि काभ्रेको पाँचखालसम्म अप्टिकल फाइबर बिछ्याउने गरी प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि दूरसञ्चार प्राधिकरणले यही चैत्र १८ गते प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई दिएको छ । यूटीएलले दुई अर्ब एक करोड रुपैयाँ खर्च गरेर अप्टिकल फाइबरमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने भएको छ ।

तेस्रो चरणबाट प्राधिकरणले ६ र ७ प्रदेशका लागि कम्पनी छनोट गर्ने तयारीमा छ । यसका लागि हालसम्म स्मार्ट टेलिकमले मात्रै आवेदन पेस गरेकाले यसको डकुमेन्ट मूल्यांकनको चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार ६ र ७ प्रदेशका लागि ब्रोडब्यान्ड इन्टरनेटको कामका लागि करिब तीन अर्ब ७५ करोड रुपैयाँसम्म खर्च गर्ने योजना छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ