चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सके"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सके"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले तोकिन्छ निजी विद्यालयको शुल्क ?

२९ चैत्र २०७३, मंगलवार ०१:५६

चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सकेको छैन । 

सरोकारवाला निकायले निर्णय गर्न नसक्दा शैक्षिक सत्र सुरु नहुँदै विद्यालय सञ्चालकले मनपरी शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेका छन् । नियमानुसार शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि निजी स्कुल सञ्चालकले आफूले विद्यार्थीबाट लिन चाहेको शुल्क सीमासहितको प्रस्ताव जिल्ला शिक्षा समितिमा पेस गर्नुपर्ने हुन्छ । यसरी पेस गरिएको प्रस्तावलाई समितिले पारित गरेपछि मात्र विद्यार्थीबाट शुल्क लिनुपर्ने व्यवस्था छ । 

तर, राजधानीमा ठूला र चर्चित स्कुल रहेको जिल्ला मानिने ललितपुर र भक्तपुरमा समेत अझै शुल्कको सीमा निर्धारण हुन सकेको छैन । शुल्क निर्धारणको विषयमा पटक–पटक बैठक बसे पनि कुनै निर्णय भएको छैन । यही विषयमा निर्णय गर्न सोमबार पनि बैठक बसेको थियो । तर, विद्यालय सञ्चालकले प्रस्ताव गरेको शुल्क अत्यधिक चर्को भएका कारण निर्णय हुन नसकेको सहायक जिल्ला शिक्षा अधिकारी गोकर्णध्वज कार्कीले बताए ।

‘केही स्कुलले ६० देखि ७० प्रतिशतसम्म शुल्क बढाउने प्रस्ताव गरेका छन् । उनीहरूको प्रस्तावलाई हामीले स्वीकार गर्न सकेनौं । अन्य प्रस्तावमा छलफल गरौं भन्दा उनीहरू मान्दैनन्’, कार्कीले भने, ‘फेरि अर्को बैठक बसेर निर्णय गर्नुपर्ला ।’ जिल्ला शिक्षा कार्यालयबाट शुल्क प्रस्ताव पारित नभए पनि ललितपुरका अधिकांश स्कुलले आफूखुसी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालिसकेका छन् ।

जिशिकामा विभिन्न बहाना खडा गरेर शुल्क प्रस्ताव पारित गर्न नदिने र शुल्क प्रस्ताव पारित गर्न जिशिकाले नै ढिलो भएको आरोप लगाउँदै विद्यालय सञ्चालकले जसरी पनि विद्यार्थीबाट शुल्क लिन खोजेको अभिभावकले आरोप लगाएका छन् । अभिभावक संघ नेपालकी उपाध्यक्ष सरिता अर्यालले मनपरी शुल्क लिने विद्यालयबारे अभिभावक आफैं जागरुक हुनुपर्ने बताउँदै संघमा जानकारी गराए बढी भएको रकम फिर्ता गराउने बताइन् । -अन्नपूर्ण पोस्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट