२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले जित्ने ठाउँमा केन्द्रीय सदस्य उठाउने, को-कहाँबाट ?

२९ चैत्र २०७३, मंगलवार ०२:०७

चैत २९, काठमाडौँ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिकलगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ । 

‘१ वैशाखसम्म घोषणापत्र सार्वजनिक र ५ वैशाखसम्म स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सबैको नामावली यकिन गर्नेगरी हामी लागिरहेका छौँ,’ सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीका नेताहरू घोषणापत्र टुंग्याउन र सम्बन्धित क्षेत्रमा लोकप्रियलाई उम्मेदवार बनाउन ‘ग्राउन्ड रियालिटी’ रातदिन खटिइरहनुभएको छ ।’

जित्ने ठाउँमा केन्द्रीय सदस्यलाई उठाउने तयारी

राप्रपाले स्थानीय तहको निर्वाचनमा पार्टीले जित्ने सम्भावना भएका स्थानमा पार्टीका केन्द्रीय पदाधिकारीसमेतलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ । पार्टीको त्यही रणनीतिअनुरूप केन्द्रीय पदाधिकारीलाई समेत उम्मेदवार बनाउने गरी दुई उपमहानगरपालिका र नौ नगरपालिकामा टिकट पक्का गरेको छ ।

त्यस्तै, राप्रपाले पार्टीको चुनाव चिह्न गाई लिएर निर्वाचन लड्न चाहने सम्बन्धित क्षेत्रका लोकप्रिय अन्य राजनीतिक दलका नेता वा स्वतन्त्र व्यक्तिलाई पनि अवसर दिने रणनीति बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पदाधिकारी को कहाँ उम्मेदवार ?

राप्रपाले पार्टी महामन्त्री डा. धवल शमशेर राणालाई नेपालगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार बनाउने भएको छ । उनी यसअघि नेपालगन्ज नगरपालिका हुँदा मेयर भइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा राणा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

सहमहामन्त्री राम थापालाई झापाको दमक नगरपालिकाको मेयर बनाउने भएको छ । थापा सोही नगरपालिकाको पूर्वमेयरसमेत हुन । त्यस्तै सहायक महामन्त्री मनोज प्रधान सल्यानको शारदा नगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

काठमाडौं महानगरपालिकामा पार्टीका पूर्वप्रवक्ता तथा वर्तमान केन्द्रीय सदस्य राजाराम श्रेष्ठ वा सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमध्ये एकजनाले मेयरमा टिकट पाउने सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए । त्यस्तै झापाको बिर्तामोड नगरपालिकामा केन्द्रीय सदस्य भक्ति सिटौला मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

हेटौँडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य दीपकबहादुर सिंह वा सांसद गणेश थापामध्ये एकजनालाई मेयरको टिकट दिने तयारी गरेको छ । थापा पार्टी अध्यक्ष कमल थापाका सहोदर भाइ हुन् ।

मेची नगर, नगरपालिका झापामा ०७० को संविधानसभा निर्वाचनमा पराजित अशोक सुब्बालाई मेयरमा लडाउने निर्णय राप्रपाले गरेको छ । सिद्धार्थ नगर, नगरपालिका रुपन्देहीमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, व्यास नगरपालिका तनहुँमा पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीलाई मेयरमा निर्वाचन लडाउने निर्णय पार्टीले गरिसकेको सहप्रवक्ता श्रेष्ठले जनाए । गोरखाको गोरखा नगरपालिकामा पार्टीका जिल्ला अध्यक्ष रुद्रराज पाण्डे वा नगर अध्यक्ष सरोज कुँवरमध्ये एकजनालाई मेयरमा टिकट दिइने श्रेष्ठले बताए ।

धनकुटामा सूर्यबहादुरका नाति लड्ने

धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमन्त्रीसमेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय पार्टीले गरिसकेकोको प्रवक्ता श्रेष्ठले जानकारी दिए । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम