शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भ"/>

2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटको विशेष ७ औं वार्षिकोत्सव सोमबार

शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भएको छ । सातौं विशेष वार्षिकोत्सव भोलि सोमबार कपुरकोटमा वृहत सांस्कृतीक कार्यक्रम तथा स्वास्थ्य, शिक्षा तथा पूर्ण सरसफाइ सम्बन्धी स्टेज नाटक प्रदर्शन गरेर मनाउन लागेको रेडियोले जनाएको छ । 

सोमबार विहान साढे ११ बजेतीर सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रीय अध्यक्ष सुवास खतीवडाले उद्घाटन गर्ने वार्षिकोत्सव समारोहमा सामुदायीक रेडियोको समुदाय प्रतिको उत्तरदायीत्वका बारेमा छलफल तथा अन्तरक्रिया हुने र राष्ट्रिय स्तरका चर्चीत कलाकारहरुले प्रस्तुती राख्ने कार्यक्रम रहेको रेडियोका कार्यकारी प्रमुख सन्तोष जि.एम. ले जनाएका छन् । 

उनका अनुसार गायक अर्जुन कौशल, गायीका शान्ति श्री परियार, हांस्य कलाकार कमल गाउंले, प्रकाश कंडेल गुलेली कान्छाको प्रस्तुती, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सल्यान र अन्य कलाकारहरुको विशेष प्रस्तुती रहने छ । विक्रम संवत् २०६६ सालमा स्थापना भएको रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ । रेडियो कार्यक्रमका अलावा सचेतनामूलक स्टेज नाटक तथा वहस जस्ता कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानमा संचालन गर्दै आइरहेको रेडियोका समाचार प्रमुख शंकर के सीले जनाएका छन् । 

यसैविच रेडियोले सोमबारको वार्षिकउत्सव समारोहमा उपस्तीत भइदिनका लागी सम्पूर्णमा अनुरोध गरेको छ । जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारि संघसंस्था, विज्ञापनदाता, श्रोताहरु, शेयर सदस्यहरु लगायत सम्पूर्णमा उपस्थीतीका लागी रेडियोले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग