बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टी"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सबैको प्रतिनिधित्व लोकतन्त्रमै फस्टाउँछ’

२०७४, ८ बैशाख शुक्रबार १३:१४

बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टीलगायतका सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । 

आज अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष प्रतिभा राणाको नेतृत्वमा रहेको टोलीले बुझाएको ज्ञापनपत्र ग्रहणपछि प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो – “महिलाको जस्तै नेताहरुको पनि अन्तरपार्टी सञ्जाल बनाएर आगामी निर्वाचनमा भाग लिन नव गठितलगायत सबै राजनीतिक दललाई आह्वान गर्दछु ।” 

उहाँले भन्नुभयो – “महिलालगायत सबै जातजातिको प्रतिनिधित्व लोकतन्त्रमै फस्टाउँछ । प्रजातन्त्रका संरक्षक भनेका राजनीतिक दल र नेता नै हुन् । तपाईंहरुको जस्तै सबै पार्टीका नेता सम्मिलित सञ्जाल भइदिएको भए धेरै राम्रो हुन्थ्यो ।” 

अन्तरपार्टी सञ्जालमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १० राजनीतिक दलका महिला सम्मिलित छन् । उक्त सञ्जालले संविधानसभामा भएको समानुपातिक समावेशी सहभागिताको हकको व्यवहारतः कार्यान्वयन गर्न कम्तीमा पनि स्थानीय तहलाई प्रस्थान विन्दु बनाउन सहयोग गरिदिन आयोग समक्ष आग्रह गरेको हो । 

ध्यानाकर्षण पत्रमा भनिएको छ – “स्थानीय तहबाट समानुपातिक समावेशी सहभागिताको हकको कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन ऐनमा केही त्रुटि रहन गएको छ । त्यसलाई अध्यादेश मार्फत संशोधन गरेर दलित महिला नभएको स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिनसक्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गर्न चाहन्छांै ।” 

वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवारी दिने व्यवस्थाका लागि पनि आवश्यक पहल गरिदिन आयोगसमक्ष सञ्जालले आग्रह गरेको छ । देशमा २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले जनतामा खुसी र उत्साह थपेको जनाउँदै सञ्जालले ध्यानाकर्षणपत्रमा भनेको छ – “देशका सबै राजनीतिक दल र आम जनसमुदायको ध्यान अब निर्वाचनमा केन्द्रित भएको छ ।” 

जनसङ्ख्याको आधारमा महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषयलाई पनि सञ्जालले गम्भीरताका साथ उठाएको छ । महिला सञ्जालको टोलीमा पूर्व सांसद निलम बर्मा, लक्ष्मी साह, वसन्ती झा, मीना पाण्डे, कमला रोक्का, शशी श्रेष्ठलगायत हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ