बैशाख ९, काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । 

जनताले पत्याए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ९, काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । 

जनताले पत्याए"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेस जे बोल्छ, त्यो पूरा गर्छ: देउवा

९ बैशाख २०७४, शनिबार ०७:४५

बैशाख ९, काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । 

जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उहाँहरुले दाबी गर्दै विसं २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गर्नुभएको छ । 

अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई आज पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो । 

काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आप्mनो पार्टीलाई काँग्रेसमा प्रवेश गर्न दिनुभएको निवेदनलाई अनुमोदन गरेको थियो । 

संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भन्नुभयो । 

उहाँले शान्ति, प्रजातन्त्रका लागि काँग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने बताउनुभयो । 

सो अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गर्नुभएको थियो । 

सो अवसरमा वरिष्ठ नेता पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई– मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको चर्चा गर्दै ती दलले उठान गरेका माग सम्बोधन गर्न पार्टी सकारात्मक छ भन्नुभयो । 

उहाँले निर्वाचन मार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने उल्लेख गर्नुभयो । महामन्त्री डा कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको हुँदा गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

कोषाध्यक्ष यादवले राष्ट्रियता, प्रजातन्त्र र समाजलाई बलियो बनाउँदै देशलाई समृद्ध बनाउन काँग्रेसको स्थानीय तहमा नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य र जीवन्त बनाउन पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । 

संयोजक पाण्डेले आगामी दिनमा नेकाको आदर्श र सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह