बैशाख ११, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।
सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गरेका हुन् ।
रिटको पेशी आजै तोकिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा परेको छ । प्रहरीको छानबिन टोलीले बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई नियन्त्रणमा लिएको थियो ।